Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सकिएको हो ग्यारेथ बेलको समय? 

64x64
नेपाल लाइभ मंगलबार, असार २, २०७७  १५:१०
1140x725

काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदान र खेलाडी ग्यारेथ बेलबीच चलिरहेको ‘खराब सम्बन्ध’ को चर्चा अहिले फेरि चुलिएको छ। बेलले पाउने कम अवसर र पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा उनको आलोचनासमेत बढिरहेको छ। 

कोरोना माहामारीका कारण रोकिएको ला लिगा सुरु हुने खबरसँगै खेलाडीहरुको अभ्यासमा बेलमाथिको आश बढेको थियो। २०१४ को च्याम्पियन्स लिग फाइनलमा गोल गरेर उपाधि जिताएका बेल पछिल्लो समय हराइरहेका थिए। यसैले पनि अहिलेको अवस्थामा पाउने अवसर उनले उपयोग गर्न सक्छन् भन्ने अनुमान थिए। तर उनको खेल चल्न सकेन। 

आइतबार ला लिगा अन्तर्गत आइबरविरुद्ध खेलको ६१औँ मिनेटमा रोड्रिगोको स्थानमा मैदान जाने अवसर पाएका बेलले आफूलाई खरो रुपमा प्रस्तुत गर्न सकेनन्। पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको रियल मड्रिडले दोस्रो हाफमा गोल गर्न सकेन। बरु ६० औँ मिनेटमा एक गोल खान पुग्यो। खेलपछि प्रशिक्षक जिदानले दोस्रो हाफ निकै कमजोर रहेको भन्दै खेलाडीलाई सम्झाएका पनि थिए। 

त्यसले पहिलेदेखि चिसिएको जिदान-बेल सम्बन्ध अझै सुधार हुन सकेन। रियल मड्रिडले उपाधि यात्रामा महत्वपूर्ण खेलाडीका रुपमा लिएको बेलको शैलीले प्रशिक्षकसँगै दर्शकपनि उनीबाट टाढिने खतरा बढिरहेको छ। 

यसैले हरेक सिजन सुरु हुने बेला चर्चा चल्छ- ‘ग्यारेथ बेलको रियल मड्रिड समय अन्त्यतिर पुगेको छ।’ प्रशिक्षक जिनेदिने जिदानले बेललाई क्लबमा देख्न नचाएको देखिए पनि यही सिजन नै बेल बाहिरिएनन्। हुन त बेल र जिदानले रियल मड्रिडका लागि सँगै धेरै जितेका छन्, तर त्यसको प्रभाव जिदानमाथि पर्न सकेको छैन। 

बेल र जिदानको सम्बन्ध एक्कासी बिग्रिएको भने होइन। दिन बित्दै जाँदा अहिले रियल मड्रिड बेञ्चमा बढी देखिने बेलले जिदानको मन किन जित्न सकेनन् त? 

यसलाई बुझ्न २०१८ को च्याम्पियन्स लिग फाइनल खेलमा पुग्नुपर्ने हुन्छ। त्यसबेला लिभरपुलसँगको खेलको ६१ औँ मिनेटमा मात्रै बेलले मैदान प्रवेश गर्न पाएका थिए। त्यसअघि १-१ गोलको बराबरीमा रहेको खेलमा बेलले नै ६४ औँ र ८३ औँ मिनेटमा गोल गर्दै मड्रिडलाई ३-१ ले उपाधि जिताए। 

Ncell 2
Ncell 2
nimb
nimb

उपाधि जित्नुको खुशी त छँदै थियो, तर बेलको मनमा सुरुवाती ११ मा पर्न नसक्नुको पीडा पनि उस्तै थियो। यसैले उनले खुलेरै असन्तुष्टी व्यक्त गरे। आफ्नो भविष्यको बारेमा प्रश्न गरे। जितको त्यो उत्सवमा बेलको प्रश्न जायज नमान्ने ठूलो जमात त्यतिबेलै बन्यो। त्यसमा जिदानले अझ बल पाए। 

क्रिष्टियानो रोनाल्डो युभेन्टस लागेपछि त उनको स्थानका एकमात्र स्टार खेलाडीका रुपमा ग्यारेथ बेललाई नै हेर्न थालिएको थियो। तर घाइते रहने समस्यासँगै क्लबको अविश्वासले उनी त्यो भूमिकामा देखिन सकेनन्।    

रियल मड्रिड प्रशंसकले बनेको क्लब पनि हो। बेलमाथिको धारणा बुझ्दा मड्रिड प्रशंसक के चाहन्छन् भन्ने बुझ्न जरुरी हुन्छ। अहिले बेलमाथिको वेवास्ता यति हाबी भइसकेको छ कि उनी हुनु र नहुनुमा प्रशंसक समेत तथस्ट देखिन्छन्। कतिपय उनको आवश्यकता देख्दैनन् भने कतिपय खुलेर केही बताउँदैनन्। 

Xtrem

Xtrem

सन् २०१३ मा त्यसबेलाको विश्व कीर्तिमानी मूल्य ८५ मिलियन पाउण्डमा इंग्लिस क्लब टोटनह्यामबाट रियल मड्रिड आएका बेलको सम्झौता अझ तीन वर्ष बाँकी नै छ। उनले मड्रिडका लागि चार च्याम्पियन्स लिग, एक ला लिगा, एक कोपा डेल रे, चार क्लब विश्वकप र तीन युइएफए सुपर कप जितेका छन्। 

२०१३ मा टोटनह्यामबाट बेललाई रियल मड्रिड ल्याउने मड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजको चाहना उतिबेलै जिदानलाई मन परेको थिएन। पेरेजले रोनाल्डोको जस्तै सफलता बेलले पाउने देखिरहँदा असन्तुष्ट देखिएका जिदानले क्लब सम्हाल्न पाएको सन् २०१५ मा बेलबिनाको मड्रिड कल्पना गर्ने स्थिति थिएन। बेलका लागि विशेष कुनै योजना जिदानसँग नभए पनि उनी मड्रिडको जितमा मुख्य भूमिकामा नै देखिन्थे। 

रियल मड्रिडमा नै आफ्नो खेल जीवन बिताउन चाहेका बेलले यस्ता उपलब्धी क्लबलाई दिलाएका छन् भन्ने समेत छायामा परिरहेको छ। उनलाई प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र टोटनह्याम, जर्मन च्याम्पियन बार्यन म्युनिख र चाइनिज सुपर लिग क्लबले समेत किन्न इच्छा देखाइरहेको समय उनी क्लब छाड्न चाहेनन्। अब नयाँ सिजन यसैगरी दबिएर बस्ने छन् या नयाँ बाटो रोज्नेछन् यकिन छैन।  

गएको वर्ष चाइनिज सुपर लिग क्लब बेइजिङ गोएनले त हप्ताकै एक मिलियन पाउण्ड दिन तयार भइरहेको थियो। यदि त्यसलाई स्वीकार गरेर बेल चीन गएका भए उनी सर्वाधिक कमाउने फुटबलर बन्ने थिए। तर बेलको सोच पैसा कमाउनेमा भन्दा बढी आफूलाई प्रमाणित गर्नेमा देखिन्छ। 

‘कुनै व्यक्तिगत सम्बन्धका कारण या कुनै रिसइबीका कारण होइन, म प्रशिक्षक भएकाले केही निर्णयहरु लिनै पर्ने हुन्छ, त्यसैले बेलले क्लब छाड्नु नै राम्रो छ’ जिदानले बेलको सम्बन्धमा यस्तो बताए पनि उनले क्लबको भविष्यसँग मात्रै बेलको खेललाई जोडेको जस्तो भने देखिँदैन। किनभने मैदानमा खेल देखाउँदा नै पनि उनी बेलका प्रशंसक थिएनन्। 

बेल भर्सेस जिदानको धारणामा दुई भिन्न कोणबाट खबरहरु आइरहेका छन्। बेलायती सञ्चार माध्यममा बेलको भविष्यमा जिदानको खेलवाड जोडिएका छन् भने स्पेनिस मिडियामा कमजोर बन्दै गएको बेलको भूमिका बलियो रुपमा प्रस्तुत गरिएका छन्। यसमा मध्यमा रहेर हेर्ने हो भने दुवैबीच सन्तुलन देख्न सकिन्छ। बेललाई नचाहने जिदानको स्वभाव त देखिएकै छ तर विश्वस्तरीय खेलाडी बेलको भूमिका पनि सन्तुष्ट हुन मिल्ने छैन। 

उपाधिकै हिसाबले हेर्ने हो भने त खेलाडीका रुपमा जिदानले रियल मड्रिडलाई जति दिलाएका छन् त्योभन्दा बढी बेलले जिताएका छन्। मड्रिडबाट बेलले १४ उपाधि जिताएका छन् भने २ जिदानले ६ उपाधि जिताएका थिए।

सन् १९९९ मा साउथह्याम्टन युवा टिममा रहेर फुटबल सुरु गरेका बेलले २००६ मा सिनियर टिममा नै स्थान बनाएका थिए। त्यहाँबाट २००७ मा टोटनह्याम गएका बेल आफ्नो उत्कृष्ट खेल लयकै कारण २०१३ मा रियल मड्रिड पुगेका थिए। 

वेल्स राष्ट्रिय टिमबाट खेल्ने उनले इंल्याण्डमा देखाएको भन्दा माथिल्लो स्तरकै खेल स्पेनमा देखाएका हुन्। तर उनी न त जिदानले जस्तो भावनात्मक प्रभाव पार्न सफल रहे न त रोनाल्डोले जस्तो खेल प्रभाव। 

रियल मड्रिडमा भन्ज्दा वेल्सको राष्ट्रिय टिमबाट खेल्नु आफ्ना लागि ठूलो महत्व र खुसीको विषय हुने बताएका बेलले अब राष्ट्रिय टिममा उही प्रभाव पारिरहन पनि मुस्किल देखिन्छ। 

प्रकाशित मिति: मंगलबार, असार २, २०७७  १५:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्