काठमाडौं- ६ जनाको ज्यान जाने गरी जेठ १० गते भएको रुकुम पश्चिम घटनाका २ नाबालक प्रतिवादीहरूलाई बालसुधार गृह पठाउन जिल्ला अदालत रुकुमले आदेश दिएको छ। जिल्ला अदालत रुकुमले सोमबार यस्तो आदेश दिएको हो।
३४ प्रतिवादीमध्येका २ जनालाई बालसुधार गृह पठाइएको पठाइएको जिल्ला सरकारी वकिल कार्यालय रुकुम पश्चिमका प्रमुख केशव चपाईले जानकारी दिए। उनका अनुसार न्यायाधीश विद्याराज पौडेलको इजलासले यस्तो आदेश जारी गरेको हो।
बालबालिका सम्बन्धी ऐन २०७५ मा कुनैपनि बालबाललिकालाई मुद्दाको पुर्पक्षको शिलशिलामा थुनामा राख्न नपाउने व्यवस्था छ। बालबालिकासँग धरौटी वा जमानत नमागिने समेत सो ऐनमा उल्लेख छ।
सोही मुद्दाका अन्य ३२ प्रतिवादीहरुको भने मंगलबारबाट अदालतमा बयान सुरु जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।