काठमाडौं- ६ जनाको ज्यान जाने गरी रुकुमको चौरजहारीमा भएको घटनामा वडाध्यक्ष डम्बरबहादुर मल्लले प्रहरीलाई गुमराहमा राखेर गलत सूचना दिएको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ।
सो घटनाका आरोपीहरु विरुद्ध अदालतमा जाहेरी दर्ता भएपछि मन्त्रालयले गठन गरेको छानबिन समितिको निष्कर्ष सार्वजनिक गर्दै उसले वडाध्यक्ष मल्लले लकडाउनमा जाजरकोटका केटाहरू गाउँ छिरे उनीहरुलाई नियन्त्रणमा लिनुपर्छ भन्ने बहानामा गाउँलेहरुलाई एकीकृत गराई नियन्त्रणमा लिनुपर्छ भनेर उत्प्रेरित गरेको उल्लेख गरेको छ।
उनले गोइरी औलका व्यक्तिहरुलाई समेत गलत सूचना प्रवाह गरी बाटो छेक्न लगाएको र गाउँ छिरेका व्यक्तिलाई नियन्त्रणमा लिने नाममा प्रहरीलाई गलत सूचना दिएर गुमराहमा पारेर अर्कोतिर पठाएर झन्डै ४ किलोमिटर टाढा गइसकेका पीडितहरूलाई लखेटेर ढुंगा प्रहार गरी नवराज विकसहित ६ जनाको ज्यान लिने परिस्थिति सिर्जना गरेको गृहद्धारा सोमबार सार्वजनिक विवरणमा उल्लेख छ।
गृहको विवरणमा अभियोग पत्रमा मागदाबी गरिएझै सबै आरोपीमाथि जातीय भेदभाव, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानमा कारबाही उल्लेख गरिएको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।