काठमाडौँ- एमसिसीका विषयमा छलफल गर्न आइतबार बेलुका ४ बजे सचिवालय बैठक बस्ने भएको छ। यसअघि नै बस्ने भनिएको सचिवालय बैठक प्रधानमन्त्री केपी ओलीको कार्यव्यस्तता देखाउँदै स्थागित गरिएको थियो।
बैठकको लागि भोलि ४ बजेका लागि जानकारी गराइएको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले बताए। एमसिसीका विषयमा लामो समयदेखि नेकपाभित्र विवाद जारी छ। यसर्थ यो विषयमा धारणा बनाउन बोलाइएको आइतबारको सचिवालय बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
नेकपामा एमसिसी संसदबाट पारित गर्ने विषयमा अध्यक्ष केपी ओली समूह र अर्का अध्यक्ष प्रचण्डबीच स्पष्ट दुई धार देखिएका छन्। एमसिसीको पक्षमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीसहित इश्वर पोखरेल र विष्णु पौडेल छन्।
एमसिसीमा भएका प्रधावधानलाई संशोधन गर्ने गरेर मात्रै पारित गर्ने पक्षमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।