काठमाडौं- शनिबार नेपालमा ३२३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दियो। मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले पछिल्लो पटक ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा विकास देवकोटाले बताएका हुन्। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरू संक्रमित देखिएका हुन्।यी मध्ये ३७ जना महिला छन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका २ र सुनसरीका ४ जनामा कोरोना पोजेटिभ देखिएको छ। यस्तै कोशी अस्पतलाको प्रयोगशालामा सप्तरीका एक जनाको पोजेटिभ आएको छ।
भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासीका ३ जनामा कोरोना संक्रमण देखिएको छ। भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १२ र बर्दियाका २८ जनामा पनि कोरोना संक्रमण देखिएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको कास्कीका ३ जना, स्याङ्जाका १० जना, बाग्लुङका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ।
यस्तै धरानस्थित बिपिकेआइएचएसको प्रयोगशालामा सुनसरीका १ र सप्तरीका ७ जनामा पनि कोरोना पोजेटिभ आएको छ।
सेती अस्पतालको प्रयोगशालामा बझाङका ६ जना, कञ्चनपुरका २, अछामका १ जना, कैलालीका २ जना, डडेल्धुराका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा दैलेखका ४३ जना र डोल्पाका १ जनामा पनि कोरोना पोजेटिभ आएको जनाकारी मन्त्रालयले दिएको छ।
सुर्खेतको प्रयोगशालामा दैलेखका ४, सुर्खेतका १० जना, जाजरकोटका ४ जना, सल्यानका ३८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका १, कपिलवस्तु ११, नवलपरासी २, रुपन्देही ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १२० जना कोरोना संक्रमित पुष्टि भएका छन्। उनीहरुमध्ये भक्तपुरका १, धनुषा ८, कपिलवस्तु ३९, काठमाडौं ४, महोत्तरीका ३५, रौतहटका ६, सर्लाहीका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यो सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार २ सय ५२ पुगेको छ। नेपालमा कोरोना संक्रमण भएका ३६५ जना उपचारपछि निको भएर घर फर्किएका छन्। नेपालमा कोरोना संक्रमणका कारण १३ जनाको भने मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।