• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

डा केसीको दुई दिने अनसन सुरु

64x64
नेपाल लाइभ मंगलबार, जेठ २०, २०७७  १०:५१
1140x725

काठमाडौं- डा गोविन्द केसीले विभिन्न माग राखेर दुई दिने अनसन सुरु गरेका छन्। आजदेखि अनसन सुरु गर्ने विषयमा उनले यसअघि नै एक विज्ञप्तिमार्फत जानकारी दिएका थिए।

केही समययता दार्चुलामा नै रहेका उनले त्यहीँ अनसन सुरु गरेका हुन्। मंगलरबा बिहान १० बजेदेखि सुरु अनसन भोलिसम्म चल्नेछ।

आफ्नो १८औं अनसनका क्रममा उनले तीन बुँदे माग समेत अघि सारेका छन्। दार्चुला तथा अन्य सीमा क्षेत्रका लगायत देशभरीका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गरियोस्, भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गरियोस् तथा विगतका सत्याग्रहमा गरिएका सम्झौता कार्यान्वयन गरियोस् भन्ने लगायतका मागहरु डा केसीको छ।

प्रेस विज्ञप्ति
स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागि हामी लामो समयदेखि संघर्षरत छौं । दुरदराजका विपन्न समेत सबै नागरिकले गुणस्तरीय सेवा पाउने तथा योग्य विद्यार्थीले इच्छाएको विषय पढ्न पाउने अधिकार स्थापना गर्नु हाम्रो मुख्य ध्येय रहिआएको छ । त्यसै क्रममा हामीले पटक पटक सत्याग्रह गरेकोमा सरकारले केही मागहरु सम्झौताअनुसार पूरा गरेको छ भने धेरै मागहरुमा सम्झौता भए पनि त्यसको उल्लंघन गरेको छ ।

नेपालमा स्वास्थ्य सेवा प्रवाहमा रहेको विकराल असमानता र सेवा अभावको अवस्थाप्रति ध्यान तान्न हामी यस अगाडि जुम्ला, इलाम र डडेल्धुराजस्ता ठाउँमा सत्याग्रह बसिसकेका छौं । हरेकपल्ट हाम्रो प्रयास दुर्गमका नागरिकहरुका समस्यालाई सतहमा ल्याएर तिनलाई समाधान गर्न राज्यलाई बाध्य पार्ने रहेको छ । धमाधम काठमाडौंमा नाफामुलक निजी मेडिकल कलेज खोलेर करोडौं खर्च गर्ने डाक्टर उत्पादन गर्नुभन्दा जुम्ला, डडेल्धुरा, धनगढी, दाङ, उदयपुर, इलाम, बर्दिवासजस्ता ठाउँमा सरकारी मेडिकल कलेज खोलेर त्यस वरपरको ठूलो जनसंख्यालाई विशेषज्ञ तहको सेवा दिन सकिन्छ । त्यस्तै ती क्षेत्रका जेहेन्दार विद्यार्थीलाई निःशुल्क डाक्टर बनाएर दुरदराजका प्राथमिक स्वास्थ्य केन्द्रसम्म परिचालन गरेर सेवाको पहुँच निकै बिस्तार गर्न सकिन्छ ।

त्यसो गर्नुको बदला राज्यले स्वास्थ्य र मेडिकल शिक्षामा अन्धाधुन्ध व्यापारीकरण गर्दाले आज सुदुरपश्चिमको दार्चुला लगायतका जिल्लाहरुमा सामान्य स्वास्थ्य सेवाका लागि समेत भारतमा भर पर्नुपर्ने अवस्था छ । न दुर्गम गाउँहरुलाई जिल्ला सदरमुकामसित जोड्ने बाटा छन्, न नजिकमा स्वास्थ्य संस्था । दुर्गमलगायत अहिले देशभरका नागरिकहरु कोरोना भाइरसको सन्त्रासमा त छन् नै, लकडाउनका बेला अरु रोगको उपचार नपाएर समेत धेरै बिरामीले मृत्युवरण गरिरहेका छन् । रोजगारी गुमाएकाहरुको जीविकाको कुनै टुंगो छैन । गरिबी र बेरोजगारी बढेसँगै गास, वास र कपासको अभावसित नागरिक जुधिरहँदा राज्यले कहीं कतै जिम्मेवारीपूर्वक भुमिका निभाएको छैन ।

यस्तो समयमा देशको उत्तर–पश्चिमी कुनामा छिमेकी भारतले नेपालको भुमि मिचेर सडकसमेत बनाइसकेको छ । सुगौली सन्धिले कायम गरेको महाकाली नदीको पश्चिमी सीमाना अन्तर्गत लिम्पियाधुरासम्म नेपाल हुनुपर्नेमा भारतले यस अगाडि लिपुलेसम्मलाई समेटेर नक्सा जारी गरेको थियो । यसरी जमिन मिच्दै जाने र त्यहाँ सुरक्षा फौज राख्दै जाने क्रममा भारतले एउटा सानो खोलालाई महाकाली नदी दाबी गरेको भनिएको छ । अन्तर्राष्ट्रिय सन्धिहरु अनुसार यसरी विवादित हुने नदीको सीमानाका हकमा प्रचलित अभ्यासअनुसार लिम्पियाधुरादेखि आउने महाकाली नदी नै नेपालको पश्चिमी सीमा कायम हुनुपर्दछ ।

 भारतले लिपुलेकमा सडक बनाएको समाचार आएसँगै सिंगो देश तरंगित भएको छ र राष्ट्रवादी नाराहरु उरालिएका छन् । तर सीमाञ्चलमा पुगेर यहाँका नागरिकहरुको दुख पीडा बुझ्ने धैर्य र जाँगर कसैसँग छैन । नेताहरुलाई त आफ्नै जिल्लामा अरबौंका भ्युटावर बनाउनबाट फुर्सद छैन, दुर्गमका बारेमा उनीहरुले कहिल्यै सोचेकै छैनन् । सीमाक्षेत्रका मानिस जीवनजल नपाएर छट्पटिंदा, दुई छाक जोड्नका लागि विदेशिएर हेपिंदा र ठगिंदा, फर्कने क्रममा लुटिंदा हाम्रो राज्यका हर्ताकर्ताहरुलाई केही फरक परेको छैन ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैले अब वास्तवमै राष्ट्रियता बलियो पार्ने हो र देशको सीमा रक्षा गर्ने हो भने काठमाडौंका सडकमा नारा लगाएर वा बालुवाटार दरबारबाट हुंकार गरेर पुग्दैन । हाम्रा नागरिकका शिक्षा, स्वास्थ्य र यातायातजस्ता आवश्यकता राज्यले पूरा ग¥यो भने मात्रै हाम्रो राष्ट्रियता बलियो हुन सक्छ । सुदुरपश्चिम पहाडकै कुरा गर्दा, हामीले माग गरेझैं डडेल्धुरामा सबै विषयका विशेषज्ञहरुसहितको सरकारी मेडिकल कलेज भइदिएको भए दार्चुलालगायत बझाङ, बाजुरा, बैतडी, अछाम, डोटीलगायतका जिल्लाका मात्र नभई सीमावर्ती भारतीय जिल्लाका बिरामीहरुले समेत त्यहाँबाट सेवा लिन सक्थे । सडकको सरल पहुँच भइदिए खाद्यान्न लगायतका आवश्यकताका लागि पनि अर्को देशमा भर पर्नु पर्ने थिएन । सार्वजनिक स्कुलमा राम्रो पढाइ भइदिए अबको पुस्ताले समेत कालापहाडको मजदुरीलाई जीविकाको एउटै साधन मान्नु पर्ने थिएन ।

त्यसैले राष्ट्रवादको बहकिएको बहसलाई सही ठाउँमा ल्याउन तथा सीमाञ्चलका मानिसहरुको पीडाप्रति राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न, देशभर न्यायोचित रुपमा गुणस्तरीय स्वास्थ्य सेवाको व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गर्न माग गर्दै हामीले यही जेठ २० गते बिहान १० बजेदेखि २१ गतेसम्म दुई दिने सत्याग्रह शुरु गरेको घोषणा गर्दर्छौं ।

सत्याग्रहका मागहरु
१) दार्चुला तथा अन्य सीमा क्षेत्रका लगायत देशभरीका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गरियोस् ।

२) भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गरियोस् ।

Xtrem

Xtrem

३) गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने   प्रक्रिया द्रुत गतिमा अघि बढाइयोस्, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याइयोस् तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गरियोस् । साथै विगतका सत्याग्रहका मागहरु पुरा गर्न र हामी सित अगाडि भएका सबै सम्झौता कार्यान्वयन गरियोस् ।

डा गोविन्द केसी
२०७७।२।२०
दार्चुला

यो पनि पढ्नुहोस्

मिचिएको नेपाली भूमि फिर्ता होस् भन्दै दार्चुलाबाट डा केसीको सत्याग्रह घोषणासोमबार, जेठ १२, २०७७

यो पनि पढ्नुहोस्

डा केसी भोलिदेखि सत्याग्रहमा, यस्ता छन् तीन मागहरुसोमबार, जेठ १९, २०७७

 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १०:५१
  • #डा_केसी
  • #अनसन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस परिषद्को २०८३ असोज २० गते बसेको बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्... मंगलबार, असोज २०, २०८३
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता थापाले साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी उनले नयाँ र पुरानो पुस्ताबीच पर्खाल खडा गर्ने नभई दुवै पुस्तालाई जोड्ने ‘सेतु’ बन्ने उद्देश्यले उम्मेदवारी दिएको बताए। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्