• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मनिषाको बहानामा एउटा देशको सम्प्रभुतामाथि औंला ठड्याइरहेका पिछलग्गु पत्रकार

आनन्द स्वरुप बर्मा शनिबार, जेठ १०, २०७७  ००:०५
1140x725

हिजोको कुरा हो। 

टिभी स्क्रिनमा मोटो अक्षरमा आइरहेको थियो- 'भारत का खाओगी, चीन का गाना गाओगी?' अर्थात् भारतको खाना खाने, चीनको गीत गाउने? यसपछि सुरु हुन्छ, अभिनेत्री मनिषा कोइरालामाथि तीन कार्यक्रम प्रस्तोताको हमला, जो हरेक दिन बिहानै एबिपी न्युजमा ‘नमस्ते भारत’ कार्यक्रम प्रस्तुत गर्छन्। सन्दर्भ थियो, कालापानी, लिम्पियाधुरा तथा लिपुलेकलाई आफ्नो भू-भाग बताउँदै नेपालद्वारा जारी गरिएको नक्साका सन्दर्भमा नेपाली विदेशमन्त्री प्रदीप ज्ञवालीको ट्विटमा मनिषा कोइरालाको रिट्विट। जहाँ मनिषाले लेखेकी थिइन्– हाम्रो सानो राष्ट्रको गरिमा कायम राखेकामा धन्यवाद। तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको अपेक्षा छ।

मात्र, यत्ति। अत्यन्त शालीन भाषामा एक नागरिकले आफ्नो देशको सम्प्रभूता र आत्मसम्मानलाई रेखांकन गर्ने यो टिप्पणी।

प्रस्तोता विकास भदौरियाले भने, 'भारतमा रहँदा मनिषालाई अथाह पैसा र चर्चा प्राप्त भयो। तर उनी आज भारतविरुद्ध चीनसँग उभिएकी छिन्। भदौरियाले भने- 'खाते भारत का हैं, और गीत चीन के गाते हैं (खाने भारतको अनि गीत चिनको गाउने)।'  यी समाचार च्यानलको बौद्धिक दरिद्रताले हैरान बनाउँछ। 

के अब पढालेखा जस्ता व्यक्तिको अस्तित्व यी च्यानलमा छैन? के मूर्खहरुको जमातले नै सबथोक तय गरिरहेको छ, के प्रशारण हुनुपर्छ, के हुनुहुँदैन? या हरेक च्यानलमा जो गन्नेमान्ने पढालेखा मान्छे छन्, उनीहरु चुप रहन अभिशप्त छन्? 

यो सवालको जवाफमा मेरा एक युवा पत्रकार मित्रले बताए कि मोदी सरकार आएपछि, खासगरी जेएनयू प्रकरणपछि ‘राष्ट्रभक्त’ र ‘राष्ट्रद्रोही’वाला जुन एक बृहत् 'न्यारेटिभ' बन्यो, त्यसमा हरेक समाचारलाई फिट गर्नुपर्ने अवस्थाको यो उदाहरण हो। एक यस्तो मानक बनेको छ कि समाचार यसरी प्रस्तुत गरियो भने संस्थापन पक्ष भइरहिइन्छ। जसलाई साँच्चिकै पत्रकारिता गर्नुछ, उनीहरुले यी च्यानलभन्दा बाहिर कहीँ विकल्प खोजून्। 

दिउँसो भइरहँदा यो समाचार बहसको रुप लिने तयारीमा लागिसकेको थियो। जुन सामान्यतया च्यानलको चलन भइसकेको छ। यतिबेला समाचारको बागडोर च्यानलका सवैभन्दा बुझक्की र अनुभवी प्रस्तोता रोमाना ईसार खानको हातमा थियो। तर रोमानाको पनि नजरिया उस्तै देखियो, जुन बिहानी शर्तमा देख्न पाइएको थियो। रोमानालाई पनि त्यस्तै लागिरहेको थियो कि मनिषालाई भारतले सवथोक दियो तर उनी आज चीनसँग उभिएकी छिन्।

nimb
nimb
Ncell 2
Ncell 2

एक बुझक्की प्रस्तोता कसरी सत्ताको दबाबमा जानी-नजानी मुर्खताको दलदलमा धसिँदै जान्छ? यसको महत्वपूर्ण उदाहरण रोमाना हुन्। रोमानाको सवाल थियो, 'पहिलोपल्ट नेपाल भारतको आँखामा आँखा जुधाउने कोशिस गरिरहेको छ, यस्तो के भयो?’ यो वाक्य कुनै पत्रकारको होइन। सानो छिमेकी देशको सम्प्रभुतामाथि ‌औंलो ठड्याइरहेको कुनै शासकवर्गको सदस्य हुन सक्छ।   

यस कार्यक्रममा दुई विशेषज्ञ थिए- भाजपाका प्रेम शंकर शुक्ला र सेनाका अवकाश प्राप्त मेजर जनरल जी. डी. बख्शी। दुवैलाई केही थाहा नै थिएन नक्साको वास्तविकता के हो ? तर चीन र पाकिस्तानविरुद्ध त बिना कुनै तयारी कुनैपनि समयमा बोल्न सकिन्छ! दुवैले चिनियाँ षड्यन्त्रलाई प्रकाश पारे र जनरल बख्शीले यसलाई लिएर विगतका सरकारलाई सरापे। उक्त सरकारले जेएनयूबाट वामपन्थीलाई पठाएर नेपालमा माओवादीलाई बलियो बनाइदियो। जसको परिणाम आज हामीले भोग्नुपरिरहेको छ। उनले 'पृथ्वीकै एक मात्र 'हिन्दू राष्ट्र'लाई जोगाउनका लागि गुहार माग्दै आफ्नो ज्ञानको सिमितताको समेत खुलासा गरे। अर्का ज्ञानी प्रेम शंकर शुक्लाले यही कुरामा जोड दिएर नेपालका माओवादी नेता प्रचण्डको पालनपोषण भारतको जेएनयूमा भएको दाबी गरे।

प्रचण्डको कहिल्यै जेएनयूसँग कुनै सरोकार थिएन। निशंकोच, बाबुराम भट्टराईले जेएनयूबाट पिएचडी गरेका हुन्। कार्यक्रम प्रस्तोता रोमानालाई लागिरहेको थियो कि उनीहरुलाई अब धेरै समय स्क्रिनमा राख्नु ठीक छैन। त्यसैले यो आरोपको जवाफ दिन कांग्रेस पक्षको कोही त्यहाँ नरहेको बताउँदै बहसको अन्त्य गरिदए।

कुनै भारतीय च्यानलमा तर्कपूर्ण रुपमा यो हेर्न पाइएको छैन कि कालापानी, लिपुलेक विवाद वस्तुत: के हो र दुवै देश कहाँ चुके? आज कसरी अवस्था यस्तो तनावपूर्ण भयो भन्ने बारे पनि भारतीय टिभीमा हेर्न पाइन्न। किन समयमै संवादबाट यसको समाधान खोजिएन? नेपालका दुवै छिमेकी हुन् - भारत र चीन। कसैले यसमाथि चर्चा किन गरेन- भारतसँग बलियो सांस्कृतिक, सामाजिक, भौगोलिक निकटता भएपनि आज चीनसँग बढी नजिक देखिरहेको छ?  यसबिना, चीनको इशारामा नेपालले नयाँ नक्सा तयार गरेको ठानिहाल्नु समस्याको जरासम्म पुग्नबाट पन्छिनु हो।

कालापानीमा भारतले र लिपुलेकमा चिनले नेपालाई लुटेका छन्। यसलाई बुझ शासक र उनका पिछलग्गु पत्रकारहरु! यस औपनिवेशिक मानसिकताबाट मुक्ति पाऊ कि सानो देश- सानो सम्प्रभुता। सम्प्रभुता कुनै देशको भौगोलिक आकार र आर्थिक हैसियतबाट यकिन गरिँदैन। जबसम्म यसलाई बुझ्दैनौ,  छिमेकीको घृणाका पात्र बनिरहन्छौ र यसको आरोप कहिले चीन र कहिले पाकिस्तानमाथि थोपरिरहन्छौ।

(भारतीय पत्रकार आनन्द स्वरुप बर्माद्वारा लेखिएको यो सामग्री बिहीबार भारतीय सञ्चारमाध्यम जनपथमा प्रकाशित भएको हो। डिबी खड्काले यसलाई नेपालीमा भावानुवाद गरेका हुन्।) 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  ००:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्