• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

उद्योगीहरुले अध्याँरोपछि उज्यालो हुन्छ भन्ने सोच्न जरुरी छ

लेखराज भट्ट बिहीबार, जेठ ८, २०७७  ०७:१२
1140x725

अहिले कोरोना महामारी विश्वव्यापी रुपमा नै फैलिसकेको छ। पहिला यो भाइरसलाई हामीले नेपालमा आउनै नदिने भन्यौं तर यो आयो। आइसकेपछि यसलाई फैलिन दिनुहुँदैन भन्यौं। अहिले भाइरस फैलिने क्रम जारी छ। यतिबेला भाइरस किन फैलियो भन्ने कारणमा जान जरुरी छ।

भारतमा गएका हाम्रा मौसमी मजदूरहरु, अन्य कारणले आवतजावत गर्ने र भारतसँग निर्भर हाम्रो व्यापार व्यवसायका कारण पनि कोरोना संक्रमण फैलिँदैगएको छ।

अहिले हामीले भारतबाट कोही पनि नफर्कौं भने पनि यो फर्किने बेला हो। मौसमी मजदूरहरु विशेष गरी ५ नम्बर प्रदेश, मध्यपश्चिम, सुदुरपश्चिम क्षेत्रमा खेतीपाती जोडिने फर्किने बेला हो यो। अहिले तराई र भारतसँग सीमाना जोडिएका जिल्लाहरुमा बढी संक्रमण फैलिएको अवस्था छ। यसलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा पनि हाम्रो सामु चुनौती थपिएको छ।

यसबीच यो लकडाउन आवश्यक हो कि होइन भन्ने बहसको विषय समेत बनेको छ। कोरोना नियन्त्रणमा लकडाउन आवश्यक विषय हो। चीनको लकडाउन अथवा भारतको लकडाउन र हाम्रो वस्तुस्थिति के हो? र यो लकडाउनलाई कसरी कार्यान्वयन गर्न सक्छौं? वा यो समस्यासँग कसरी जुध्न सक्छौं? कुनै पनि समस्यासँग जुध्नका लागि पहिला समस्याको पहिचान गर्नु जरुरी हुन्छ।

उद्योगी पनि सरकार सरहकै नेतृत्व हो। नेतृत्वले समस्या जहाँ हुन्छ। समस्याको समाधान पनि दिन्छ। नेतृत्व भनेकै नीति, योजना र कार्यान्वयन पक्ष हो। यसले जटिलतालाई सरलतामा पुर्‍याउने काम गर्छ। हामीसँग एकदम चुनौती छ तर त्यो चुनौतीलाई हामीले स्वीकार गरेका छौं।

उद्योगी व्यवसायीहरु हाम्रो मन्त्रालयकै एउटा अंश हो। उद्योगीहरु नभइकन हामी अगाडि बढ्न सक्दैनौं। मैले लामो समय मन्त्रालय सम्हालिसकेपछि हरेक संगठन, उद्योग व्यवसायी अथवा अन्य मजदूरका नेतृत्वहरु, संघसंस्थाहरुसँग पनि धेरै छलफलहरु गरें। र एउटा निचोडमा हामी आइपुगेका छौं। हाम्रो देशको निचोडलाई कसरी अगाडि बढाउने? अथवा यो क्षेत्रका कमिकमजोरीहरु के-के हुन्? सरकारको तर्फबाट गर्नुपर्ने कुराहरु के-के हुन्? र ठोस रुपमा हामी जानुपर्छ भन्ने विभिन्न तहबाट हामी अध्ययन गरिरहेका छौं।

अर्कोतिर अर्थ मन्त्रालयले पनि अध्ययन गरिरहेको छ। राष्ट्र बैंकले पनि अध्ययन गरिरहेको छ। श्रम मन्त्रालयले पनि अध्ययन गरिरहेको छ। हाम्रो समन्वय भइरहेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, श्रम मन्त्रालय, अर्थ मन्त्रालय, कृषि मन्त्रालयबीच हामी कसरी जाने भनेर व्यापक छलफल गरिरहेका छौं। उद्योगहरुलाई कसरी सञ्चालन गर्ने र आन्तरिक रोजगारीलाई व्यवस्थित कसरी गर्ने? बाहिरबाट जसले हिजो रेमिट्यान्स दिइरहेका थिए, उनीहरु आफैं बेरोजगार भएर आउने अवस्था सिर्जना भएको छ। उनीहरुलाई कसरी जोड्ने?

हाम्रो अहिलेको नीति तथा कार्यक्रममा पनि विशेष गरी श्रम मन्त्रालय, त्यसपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा कृषि मन्त्रालयको नीति तथा कार्यक्रममा रोजगारी सिर्जनालाई नै प्राथमिकता दिइएको छ। अहिले लकडाउनले एक किसिमको डर पैदा भएको छ। हामीले अत्यावश्यक उद्योगहरुलाई सञ्चालन गर्ने, विशेष गरी राष्ट्रिय गौरवका आयोजनाहरुलाई पनि सुचारु गर्ने भन्यौं। तर अहिलेको समस्या के हो भने मजदूर त्यहाँ जान सक्दैन। कुन मोडलमा जान सक्छन्, एउटा मोडल त हामीले दियौं तर त्यो अलि अवस्तुवादी भयो। उद्योगहरु सञ्चालनमा आउन अप्ठ्याराहरु सिर्जना भए। त्यो बारेमा पनि हामी छलफल गरिरहेका छौं।

Ncell 2
Ncell 2
nimb
nimb

अब कुन मोडलमा जाने? मैले पहिला पनि धेरै छलफलमा भनेको छु। तीनवटा चरणमा हामी सबै उद्योगलाई सञ्चालनमा ल्याउँछौं। एउटा अत्यावश्यक खाद्यवस्तुसँग जोडिएका उद्योगहरु, दोस्रो निर्माण विकाससँग जोडिएका उद्योगहरु, तेस्रो मैले निर्यातमुखी उद्योगहरु भनेको छु।

कोरोनासँग लड्ने कुरा पनि हाम्रा दैनिकीहरुलाई अगाडि कसरी बढाउने, हाम्रा उद्योग व्यवसाय, विकास इत्यादिलाई पनि अगाडि बढाएर जाने कुरा कसरी हुन सक्छ यी कुरा उद्योगी सरकार सबैले सोचिराखेकै छौं। र यो डरबाट हामी मुक्त हुन जरुरी छ भन्ने लाग्छ। अब म निस्किन सक्दिनँ, के हुने हो भन्ने डर पैदा भएको छ। यसले गर्दा मेरो व्यवसाय के हुन्छ, मेरो उद्योग के हुन्छ, मेरो खेत के हुन्छ, मेरो तरकारी के हुन्छ, भनेर मान्छेहरुले सोचिराखेको अवस्था छ।

अब त्यो होइन। हामीले अध्यारोपछि उज्यालो हुन्छ भन्ने सोच्न जरुरी छ। हरेक रातपछि बिहानी हुन्छ नि। यो कुरालाई बुझेर उद्योगीका समस्या के-के हुन्, केलाएर ठोस रुपमा आउनुपर्छ।

उद्योगी, व्यवसायी तथा मजदूरको बीचमा जे समस्या छ, त्यो समस्या सुल्झाउन जरुरी छ। हामीले चैत र वैशाखमा मजदूरहरुलाई दिनुपर्ने पारिश्रमिकका सम्बन्धमा निर्णय गरिसकेका छौं। त्यसमाथि काम गर्ने मजदूर र नगर्ने मजदूरलाई बराबरी पारिश्रमिक दिने भनेर उठेको प्रश्नमा पनि हामी बराबरी दिने कि के गर्ने, कसरी समस्या समाधान गर्ने भनेर गम्भीर छलफल गरिरहेका छौं।

Xtrem

Xtrem

उद्योगीहरुको समस्या उत्पादन गरेको सामग्री बजारसम्म कसरी पुर्‍याउने भन्ने छ। मैले अघि नै भने लकडाउन कति समयसम्म र कसरी लैजाने त? यो अहिलेको आवश्यकता हो कि होइन? संक्रमण बढी भएको क्षेत्रलाई हामीले डार्क रेड भनेर भनेका छौं। अर्को एल्लो भनेका छौं। त्यसपछि ग्रीन। यो त कुन बेला, कहाँ त्यस्तो देखिन्छ, त्यो अनुसार हामीले हाम्रो नीतिलाई फेनुपर्ने हुन्छ।

अहिले बाँकेको नरैनापुरमा एकदमै छ, कपिलवस्तुमा छ। उदयपुरमा छ। भोलि अचानक विभिन्न स्थानमा देखिन सक्छ। त्यहाँ हामीले कसरी जाने भनेर हामीले गम्भीरतापूवर्क नीति फेरबदल गरिरहनुपर्ने स्थिति छ। आपूर्ति व्यवस्था कसरी सुचारु राख्ने भन्ने कुरालाई गम्भीरताका साथ लिइएको छ। यसमा सहजता होस् भनेर सरकारले पासको व्यवस्था गरेको छ। 

यो बीचमा हामीले के पनि भनेका छौँ भने अब हामी पनि आत्मनिर्भरतातर्फ जानुपर्छ। त्यता नगई सुखै छैन। नेपालमै उत्पादन भएको कच्चा पदार्थमा आधारित उद्योगहरुलाई अगाडि बढाउनुपर्छ। सकेसम्म कच्चा पदार्थ नेपालमै उत्पादन गर्ने। उत्पादन गर्न नसकेसम्म विदेशबाट ल्याउन पनि नेपाल सरकारले सहुलियत दिन्छ। त्यो गृहकार्य भएको छ।

उद्योगीहरुबाट हामीले केही अपेक्षा गरेका छौं। उहाँहरुले सरकारले यो गर्नुपर्‍यो, उद्योगमा यस्तो समस्या छ, यसमा हामीले यति बेहोर्छौं, यति नेपाल सरकारले दिनुपर्छ भनेर आए सजिलो हुन्छ भन्ने मलाई लागेको छ।

(बुधबार नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राखेको धारणाको सम्पादित अंश)

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  ०७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्