• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १७, २०८२ Thu, Jan 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

उद्योगीहरुले अध्याँरोपछि उज्यालो हुन्छ भन्ने सोच्न जरुरी छ

लेखराज भट्ट बिहीबार, जेठ ८, २०७७  ०७:१२
1140x725

अहिले कोरोना महामारी विश्वव्यापी रुपमा नै फैलिसकेको छ। पहिला यो भाइरसलाई हामीले नेपालमा आउनै नदिने भन्यौं तर यो आयो। आइसकेपछि यसलाई फैलिन दिनुहुँदैन भन्यौं। अहिले भाइरस फैलिने क्रम जारी छ। यतिबेला भाइरस किन फैलियो भन्ने कारणमा जान जरुरी छ।

भारतमा गएका हाम्रा मौसमी मजदूरहरु, अन्य कारणले आवतजावत गर्ने र भारतसँग निर्भर हाम्रो व्यापार व्यवसायका कारण पनि कोरोना संक्रमण फैलिँदैगएको छ।

अहिले हामीले भारतबाट कोही पनि नफर्कौं भने पनि यो फर्किने बेला हो। मौसमी मजदूरहरु विशेष गरी ५ नम्बर प्रदेश, मध्यपश्चिम, सुदुरपश्चिम क्षेत्रमा खेतीपाती जोडिने फर्किने बेला हो यो। अहिले तराई र भारतसँग सीमाना जोडिएका जिल्लाहरुमा बढी संक्रमण फैलिएको अवस्था छ। यसलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा पनि हाम्रो सामु चुनौती थपिएको छ।

यसबीच यो लकडाउन आवश्यक हो कि होइन भन्ने बहसको विषय समेत बनेको छ। कोरोना नियन्त्रणमा लकडाउन आवश्यक विषय हो। चीनको लकडाउन अथवा भारतको लकडाउन र हाम्रो वस्तुस्थिति के हो? र यो लकडाउनलाई कसरी कार्यान्वयन गर्न सक्छौं? वा यो समस्यासँग कसरी जुध्न सक्छौं? कुनै पनि समस्यासँग जुध्नका लागि पहिला समस्याको पहिचान गर्नु जरुरी हुन्छ।

उद्योगी पनि सरकार सरहकै नेतृत्व हो। नेतृत्वले समस्या जहाँ हुन्छ। समस्याको समाधान पनि दिन्छ। नेतृत्व भनेकै नीति, योजना र कार्यान्वयन पक्ष हो। यसले जटिलतालाई सरलतामा पुर्‍याउने काम गर्छ। हामीसँग एकदम चुनौती छ तर त्यो चुनौतीलाई हामीले स्वीकार गरेका छौं।

उद्योगी व्यवसायीहरु हाम्रो मन्त्रालयकै एउटा अंश हो। उद्योगीहरु नभइकन हामी अगाडि बढ्न सक्दैनौं। मैले लामो समय मन्त्रालय सम्हालिसकेपछि हरेक संगठन, उद्योग व्यवसायी अथवा अन्य मजदूरका नेतृत्वहरु, संघसंस्थाहरुसँग पनि धेरै छलफलहरु गरें। र एउटा निचोडमा हामी आइपुगेका छौं। हाम्रो देशको निचोडलाई कसरी अगाडि बढाउने? अथवा यो क्षेत्रका कमिकमजोरीहरु के-के हुन्? सरकारको तर्फबाट गर्नुपर्ने कुराहरु के-के हुन्? र ठोस रुपमा हामी जानुपर्छ भन्ने विभिन्न तहबाट हामी अध्ययन गरिरहेका छौं।

अर्कोतिर अर्थ मन्त्रालयले पनि अध्ययन गरिरहेको छ। राष्ट्र बैंकले पनि अध्ययन गरिरहेको छ। श्रम मन्त्रालयले पनि अध्ययन गरिरहेको छ। हाम्रो समन्वय भइरहेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, श्रम मन्त्रालय, अर्थ मन्त्रालय, कृषि मन्त्रालयबीच हामी कसरी जाने भनेर व्यापक छलफल गरिरहेका छौं। उद्योगहरुलाई कसरी सञ्चालन गर्ने र आन्तरिक रोजगारीलाई व्यवस्थित कसरी गर्ने? बाहिरबाट जसले हिजो रेमिट्यान्स दिइरहेका थिए, उनीहरु आफैं बेरोजगार भएर आउने अवस्था सिर्जना भएको छ। उनीहरुलाई कसरी जोड्ने?

हाम्रो अहिलेको नीति तथा कार्यक्रममा पनि विशेष गरी श्रम मन्त्रालय, त्यसपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा कृषि मन्त्रालयको नीति तथा कार्यक्रममा रोजगारी सिर्जनालाई नै प्राथमिकता दिइएको छ। अहिले लकडाउनले एक किसिमको डर पैदा भएको छ। हामीले अत्यावश्यक उद्योगहरुलाई सञ्चालन गर्ने, विशेष गरी राष्ट्रिय गौरवका आयोजनाहरुलाई पनि सुचारु गर्ने भन्यौं। तर अहिलेको समस्या के हो भने मजदूर त्यहाँ जान सक्दैन। कुन मोडलमा जान सक्छन्, एउटा मोडल त हामीले दियौं तर त्यो अलि अवस्तुवादी भयो। उद्योगहरु सञ्चालनमा आउन अप्ठ्याराहरु सिर्जना भए। त्यो बारेमा पनि हामी छलफल गरिरहेका छौं।

Ncell 2
Ncell 2

अब कुन मोडलमा जाने? मैले पहिला पनि धेरै छलफलमा भनेको छु। तीनवटा चरणमा हामी सबै उद्योगलाई सञ्चालनमा ल्याउँछौं। एउटा अत्यावश्यक खाद्यवस्तुसँग जोडिएका उद्योगहरु, दोस्रो निर्माण विकाससँग जोडिएका उद्योगहरु, तेस्रो मैले निर्यातमुखी उद्योगहरु भनेको छु।

कोरोनासँग लड्ने कुरा पनि हाम्रा दैनिकीहरुलाई अगाडि कसरी बढाउने, हाम्रा उद्योग व्यवसाय, विकास इत्यादिलाई पनि अगाडि बढाएर जाने कुरा कसरी हुन सक्छ यी कुरा उद्योगी सरकार सबैले सोचिराखेकै छौं। र यो डरबाट हामी मुक्त हुन जरुरी छ भन्ने लाग्छ। अब म निस्किन सक्दिनँ, के हुने हो भन्ने डर पैदा भएको छ। यसले गर्दा मेरो व्यवसाय के हुन्छ, मेरो उद्योग के हुन्छ, मेरो खेत के हुन्छ, मेरो तरकारी के हुन्छ, भनेर मान्छेहरुले सोचिराखेको अवस्था छ।

अब त्यो होइन। हामीले अध्यारोपछि उज्यालो हुन्छ भन्ने सोच्न जरुरी छ। हरेक रातपछि बिहानी हुन्छ नि। यो कुरालाई बुझेर उद्योगीका समस्या के-के हुन्, केलाएर ठोस रुपमा आउनुपर्छ।

उद्योगी, व्यवसायी तथा मजदूरको बीचमा जे समस्या छ, त्यो समस्या सुल्झाउन जरुरी छ। हामीले चैत र वैशाखमा मजदूरहरुलाई दिनुपर्ने पारिश्रमिकका सम्बन्धमा निर्णय गरिसकेका छौं। त्यसमाथि काम गर्ने मजदूर र नगर्ने मजदूरलाई बराबरी पारिश्रमिक दिने भनेर उठेको प्रश्नमा पनि हामी बराबरी दिने कि के गर्ने, कसरी समस्या समाधान गर्ने भनेर गम्भीर छलफल गरिरहेका छौं।

उद्योगीहरुको समस्या उत्पादन गरेको सामग्री बजारसम्म कसरी पुर्‍याउने भन्ने छ। मैले अघि नै भने लकडाउन कति समयसम्म र कसरी लैजाने त? यो अहिलेको आवश्यकता हो कि होइन? संक्रमण बढी भएको क्षेत्रलाई हामीले डार्क रेड भनेर भनेका छौं। अर्को एल्लो भनेका छौं। त्यसपछि ग्रीन। यो त कुन बेला, कहाँ त्यस्तो देखिन्छ, त्यो अनुसार हामीले हाम्रो नीतिलाई फेनुपर्ने हुन्छ।

अहिले बाँकेको नरैनापुरमा एकदमै छ, कपिलवस्तुमा छ। उदयपुरमा छ। भोलि अचानक विभिन्न स्थानमा देखिन सक्छ। त्यहाँ हामीले कसरी जाने भनेर हामीले गम्भीरतापूवर्क नीति फेरबदल गरिरहनुपर्ने स्थिति छ। आपूर्ति व्यवस्था कसरी सुचारु राख्ने भन्ने कुरालाई गम्भीरताका साथ लिइएको छ। यसमा सहजता होस् भनेर सरकारले पासको व्यवस्था गरेको छ। 

यो बीचमा हामीले के पनि भनेका छौँ भने अब हामी पनि आत्मनिर्भरतातर्फ जानुपर्छ। त्यता नगई सुखै छैन। नेपालमै उत्पादन भएको कच्चा पदार्थमा आधारित उद्योगहरुलाई अगाडि बढाउनुपर्छ। सकेसम्म कच्चा पदार्थ नेपालमै उत्पादन गर्ने। उत्पादन गर्न नसकेसम्म विदेशबाट ल्याउन पनि नेपाल सरकारले सहुलियत दिन्छ। त्यो गृहकार्य भएको छ।

उद्योगीहरुबाट हामीले केही अपेक्षा गरेका छौं। उहाँहरुले सरकारले यो गर्नुपर्‍यो, उद्योगमा यस्तो समस्या छ, यसमा हामीले यति बेहोर्छौं, यति नेपाल सरकारले दिनुपर्छ भनेर आए सजिलो हुन्छ भन्ने मलाई लागेको छ।

(बुधबार नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राखेको धारणाको सम्पादित अंश)

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  ०७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
निर्धारित समयमै चुनाव हुनुपर्नेमा डा. बाबुराम भट्टराईको जोड
निकोलस भुसाललाई अस्पताल लगियो
राजतन्त्रको एजेन्डा केही स्वार्थ समूहको खेती मात्र : भट्टराई
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
निर्धारित समयमै चुनाव हुनुपर्नेमा डा. बाबुराम भट्टराईको जोड बुधबार, पुस १६, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
राजतन्त्रको एजेन्डा केही स्वार्थ समूहको खेती मात्र : भट्टराई बुधबार, पुस १६, २०८२
सङ्घीय सरकारविरुद्ध मधेस सरकारले दिएको रिटमा आज पेसी बुधबार, पुस १६, २०८२
२४ घण्टापछि महेन्द्र राजमार्गमा यातायात सञ्चालन बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्