कठमाडौं- क्रिमसन अस्पतालले आफूकहाँ उपचाररत एक बिरामीको मृत्यु भएको भन्दै प्रकाशित समाचार गलत र भ्रामक भएको बताएको छ।
गुल्मी जिल्ला निवासी पुरुष एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या लिई आएका र उनलाई सर्वप्रथम Diagnosis Sepsis with MODS भई उपचार अगाडि बढाउने क्रममा कोरोना संक्रमणको स्क्रिनिङका लागि पिसिआर परीक्षणका लागि नमुना पठाइएको र उनमा कोरोना पोजेटिभ देखिएको भए पनि मृत्यु भने नभएको अस्पतालले स्पष्ट पारेको छ।
‘केही सामाजिक सञ्लाल तथा सञ्चार माध्यममा बिरामीको मृत्यु भएको भन्ने गलत, भ्रामक र अतिरञ्जित समाचार सम्प्रेषण भई सम्पूर्ण जनसमुदायमा अनावश्यक त्रासको वातावरण सिर्जना भएकोले यस सम्बन्धममा गलत समाचारको पछि नलाग्नुहुन’ अस्पतालले सबैमा अपिल गरेको छ।
बिरामीको अस्पतालको आइसियू कक्षमा भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको र निजको अवस्था गम्भीर रहेको जानकारी पनि अस्पतालले गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।