काठमाण्डौ- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना परीक्षण किट खरिद प्रकरणमा छानबिन हुने बताएका छन्।
कोरोना संक्रमण नियन्त्रणमा सरकारको ध्यान गएको बताउँदै प्रधानमन्त्री ओलीले भने, 'कोरोना संक्रमण रोक्नतिर सरकार लागेकाले त्यता ध्यान दिन नसकिएको हो।'
विवादित ओम्नी कम्पनीले ल्याएको मेडिकल सामग्रीमा अनियमितता भएको भन्दै सरकारको विरोध भएको थियो। सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आशंका हो मात्रै भने केही गर्न नसकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।