काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाज चीनबाट मेडिकल सामग्री लिएर काठमाडौं आइपुगेको छ।
मेडिकल सामान लिन जहाज हिजो साँझ चीनको गौन्जाओ गएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टावरका अनुसार मेडिकल सामान लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज ९ बजे अवतरण भएको हो।
उक्त जहाज मेडिकल सामान ल्याउन नेपाली सेनाले चार्टर गरेको हो। सेनाले चीनमा खरिद गरेको झन्डै १८ टन सामान ल्याउन जहाज चार्टर गरेको हो।
यसअघि सेनाले स्थल मार्गबाट ८ टन भन्दा बढी मेडिकल सामान चीनबाट ल्याएको थियो। उक्त सामान शनिबार मात्रै काठमाडौं आइपुगेको थियो।
सेनाले सरकारलाई जिटुजी मार्फत मेडिकल सामान खरिद गरेर बुझाउने गरी चैत १५ मा निर्णय भएको थियो। सेनाले झन्डै पौने ३ अर्बको मेडिकल सामान खरिद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।