काठमाडौं- इटालीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले लकडाउन खुकुलो पारेसगै जुन ३ देखि यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेका छन्। उनले सम्भावित खतरालाई अनुमान गरेर यस्तो घोषणा गरेको बनाएको बताएका छन्।
इटालीबाट अर्को देश जानका लागि जुन ३ बाट अनुमति हुनुका साथै जुन २५ देखि जिम, स्विमिङ पुल, स्पोर्टस् सेन्टर पनि खुल्ने उनले बताएका छन्।
युरोपियन युनियनका देशबाट आउने नागरिकलाई दुई साता क्वारेनटाइनमा नराखी प्रवेश दिने भएको छ। खस्कदो इटालीको अर्थव्यवस्था उकास्नका लागि यस्तो गरिएको दाबी सरकारले गरेको छ।
इटालीमा हालसम्म ३१ हजारभन्दा बढीको कोरोना भाइरस संक्रमणपछि मृत्यु भएको छ।
इटाली लकडाउन घोषणा गर्ने पहिलो देश थियो। उसले फेब्रुअरीमा लकडाउन घोषणा गरेको थियो।
मे ४ देखि इटालीले उद्योगहरु खोल्ने अनुमति दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।