• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २२, २०८२ Mon, Dec 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

कविता : आमाको पत्र

खिलक बुढाथोकी शनिबार, वैशाख २०, २०७७  १६:०५
1140x725

तेरा बाउलाई तँ भएको अझै थाहा छैन
उहाँ घरबाट जाँदा तेरो महसुसै थिएन मलाई 
जब महसुस भएर तेरा बाउलाई सुनाउन आतुर थिएँ 
त्यही बेला कुल माइलाले आत्तिएर 
तेरो बाउको खबर सुनायो, 
‘विष्णु सरलाई त माओवादीले मारेछन्।’

हाम फाल्न भिरमा पुग्दा तँलाई नै छामेँ 
पाइला अगाडि बढाउँदा हात अड्किए आफ्नै पेट छामेर
सेतो वस्त्र पनि कालो देख्थे अरुले 
तेरै बडीमा र काकीले समेत ‘पोइ टोकुवा’ भनिरहे
थाहा छ तँलाई?
तँ जन्मिएको थाहा पाएपछि 
बडीमा र काकीलाई धेरै दिन खाना रुचेन रे!

म एक्लै थिएँ, तँसँगको यात्रामा
र पनि सारा दुःख तेरो हाँसोमा विलिन हुन्थ्यो 
अध्याँरो मेरो जीवनमा 
बलेको दियो थिइस् तँ 
कोखको घाउ देखेर तैँँले सोध्दा 
मृगौला बेच्दा दुखेको मनमा पनि मल्हम लाग्थ्यो 
तेरा बाउको माया टाँसिएको एक मात्रै चिनो
तिलहरी बेचेको याद पनि भुलिदिन्थेँ
सम्पत्तिका नाममा जम्माजम्मी भएको 
एक टुक्रा घडेरी बेचेका दिन पनि बिर्सन्थेँ
तर, मैले कहिल्यै बिर्सन सकिनँ 
ठूलो जहाज चढेर तँ गएको दिन।

Ncell 2
Ncell 2

तेरा बाउ अनि तैँले छोडेका दिनको 
रंग उस्तै थियो, अध्याँरो
यति फरक भयो, 
त्यो बेलो पेट छामेर बाउको न्यास्रो मेटाउथेँ,
अहिले तेरो फोटो हेरेर
त्यो बेला पनि तँ थिईस् छन ता
तर कहाँ थिइस् कँहा?
अहिलेजस्तै सात समुन्द्रपारिको देशमा।

तेरो बाउलाई समृद्ध नेपाल बनाउनेले मारेका रे
तिनै के त, जागिर लगाइदिन्छु भन्दै पैसा मागेका थिए त 
त्यसपछि नै होइन त तैँले 
जीवनको सबै उपलब्धि ठानेर 
पार्सपोटको रंगसँग समृद्धि खोज्ने आँट गरेको 
अँ साँची समृद्ध देशबाट 
अस्ति तैँले पनि मेरो फोटो हेरेर 
न्यास्रो मेटिस् होला है?

‘ह्याप्पी मदर्स डे’ भन्दै फेसबुकमा फोटो राखेको रहेछस् 
कति पुरानो फोटो पनि रैछ तँसँग
ढिलै भएपनि शुभकामना छोरा ‘मदर्स डे’को। 
अनि शुभ आर्शिवाद 
कोरोनाबाट जोगिन 
भगवानसँग प्रार्थना गर्दैछु, 
‘तिमीलाई कोरोना नलागोस्।’ 
किनकि, तिमीलाई केही भईहाले
मेरो भन्नु नै को रहन्छ र?

उही तिम्री आमा
डुम्रे गाउँ, नेपाल।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  १६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
१२ साना दलले बनाए ५ गठबन्धन, संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने
प्रधानमन्त्रीलाई प्रसाईंले भेटे, मूर्ति उपहार
मन्त्रिपरिषद् बैठक बस्दै, सचिवमा बढुवासँगै केही सहसचिवको सरुवा हुँदै
सम्बन्धित सामग्री
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
पहिचान सम्मान काइँला र पहिचान युवा सम्मान राईलाई रु पाँच लाख दुई हजार दुई राशीका सम्मान वरिष्ठ साहित्यकार÷मुन्धुमविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति काइँलालाई प्रदान गर्... शनिबार, मंसिर १३, २०८२
ताजा समाचारसबै
१२ साना दलले बनाए ५ गठबन्धन, संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने सोमबार, मंसिर २२, २०८२
प्रधानमन्त्रीलाई प्रसाईंले भेटे, मूर्ति उपहार सोमबार, मंसिर २२, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै, सचिवमा बढुवासँगै केही सहसचिवको सरुवा हुँदै सोमबार, मंसिर २२, २०८२
सुडान नागरिक बस्ती आक्रमण : ६३ बालबालिकासहित ११४ को मृत्यु सोमबार, मंसिर २२, २०८२
ओली नआएपछि शंकरले बुझे ईश्वरकाे नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणापत्र सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
धादिङ दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३३ घाइते आइतबार, मंसिर २१, २०८२
ओली नआएपछि शंकरले बुझे ईश्वरकाे नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणापत्र सोमबार, मंसिर २२, २०८२
क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान आइतबार, मंसिर २१, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्