काठमाडौं- कोरोना भाइरस (कोभिड १९) का कारण आइपरेहेका अवस्थाबाट खेलाडीहरु अझै बाहिर निस्कन नसकेको प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्युरोले बताएका छन्।
प्रिमियर लिग जुन ८ बाट सुरु गर्ने तयारी भइरहँदा खेलाडीहरु पूरा अभ्यासमा मे १८ देखि सामेल हुनुपर्ने छ। यस्तोमा अहिले नै मैदानमा फर्किहाल्न खेलाडीहरु तयार हुन समस्या हुने अग्युरोले बताएका हुन्। कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न प्रिमियर लिग क्लबबीच कुराकानी पनि भइरहेको छ।
‘अहिलेको अवस्थामा खेलमा फर्कन धेरैजसो खेलाडीहरु डराइरहेका छन्। उनीहरुलाई आफ्नो परिवार र बालबच्चाका कारण डर भएको हो। मलाई पनि त्यस्तै डर छ। अहिले घरभित्र प्रेमिकासँग बसिरहेको छु। यहाँबाट बाहिर निस्किएँ भने मात्र अरु व्यक्तिको नजिक पुग्नेछु’ अग्युरोले भनेका छन्।
प्रिमियर लिग मार्च १३ देखि रोकिएको हो। सबै क्लबले गरेर अब ९२ खेल खेल्न बाँकी रहेको छ। बाँकी खेलहरु बन्द रंगशालामा खेलिने र टेलिभिजन प्रसारण सित्तैमा गर्नेगरी तयारी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।