काठमाडौं- विश्वभर कोरोना संक्रमितको संख्या ३० लाख ३६ हजार ७ सय ७० पुगेको छ।
संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा ९ लाख ८७ हजार २२ जना संक्रमित भएका छन्।
त्यस्तै, स्पेनमा २ लाख २९ हजार ४ सय २२, इटालीमा १ लाख ९९ हजार ४ सय १४, फ्रान्समा १ लाख ६५ हजार ९ सय ६२, जर्मनीमा १ लाख ५८ हजार ४ सय ३४, बेलायतमा १ लाख ५८ हजार ३ सय ४८ जना संक्रमित भएका छन्।
मृत्यु हुनेको संख्या पनि अमेरिकामै सर्वाधिक छ। त्यहाँ ५६ हजारभन्दा बढीले ज्यान गुमाएका छन्।
त्यस्तै, इटालीमा २६ हजार ९ सय ७७, स्पेनमा २३ हजार ५ सय २१, फ्रान्समा २३ हजार २ सय ९३, बेलायतमा २१ हजार ९२ जनाको मृत्यु भइसकेको छ।
विश्वभर ८ लाख ९२ हजार २ सय ९१ उपचारपछि निको भइसकेका छन्।
नेपालमा पनि ५२ जना संक्रमित भइसकेका छन्। १६ जना भने उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।