• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन १८, २०८३ Mon, Aug 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

लोकतन्त्रको आवरणमा राजनीतिक विकृतिको चक्रव्यूह

डा डिला संग्रौला शुक्रबार, वैशाख १२, २०७७  १६:०८
1140x725

हामीले १४औं लोकतन्त्र दिवस भर्खरै मनायौं। लोकतन्त्रको यस यात्रामा लोकतन्त्रकै आवरणमा राज्यसत्ता सञ्चालन गर्ने नेतृत्वको गतिविधि र क्रियाकलापले नेपालको राजनीतिमा थुप्रै उथलपुथल मच्चाएको देखिन्छ। नेपाली नागरिक कोरोनाको महामारीले त्रसिस र पीडित भइरहेको बेला प्रधानमन्त्री केपी ओलीले ल्याएका दुई अध्यादेश वर्तमान नेपालको राजनीतिलाई तरंगित बनाएको छ।

प्रतिपक्षी दल नेपाली कांग्रेस, अन्य दल तथा नागरिक समाजको प्रतिवादले अध्यादेश फिर्ता भइसकेको छ।

मधेस केन्द्रित दल यही अध्यादेशको कारणले सग्लो रहन हम्मे पर्‍यो। उनीहरु रातारात मिले।

प्रधानमन्त्री ओलीको पार्टी विभाजनको लागि रचेको ग्रान्ड डिजाइनको चक्रव्यूहले ‘एक तीर अनेक निशाना’ भनेझै सत्तारुढ पार्टी नेकपा भित्र पनि ठूलो हलचल पैदा गरेको छ।

लोकतन्त्र आएको डेढ दशमा दलहरुले ‘खोलो तर्‍यो लौरो बिर्स्यो’ भने झैं गरिएको तीतो टिप्पणी भइरहेको बेला जनताको प्रचण्ड बहुमत लिएर गठन भएको नेकपा सरकारले लोकतान्त्रिक संविवधानलाई सिंढी बनाएर शासन गरेता पनि शासन गर्नेको चरित्र बदलिएको छैन। सर्वसाधारण जनताको जीवन शैलीमा खासै परिवर्तन बएको छैन। जुन कुरा लकडाउनको बेला जनता भोकभोकै सडकमा अलपत्र परिरहँदा पनि सरकारले उनीहरुलाई आडभरोसा दिन सकेन। शासन गर्ने प्रमुख व्यक्तिको चरित्र नै अधिनायकवादी देखिन पुगेको छ। जसको ज्वलन्त उदारहण पछिल्ला दुई अध्यादेश नै हुन्।

निरंकुश राजतन्त्र फालिए पनि शासन चलाउनेहरुले नयाँ राजा बनेर जनतामाथि शोषण दमन गर्ने प्रक्रियाले लोकतन्त्रको उपहास भएको छ। सरकार अरुको आलोचना सुन्नै चाहँदैन भन्ने अर्को उदाहरण मिडिया काउन्सिल र सूचना प्रविधि सम्बन्धी विधेयक संसदमा पुर्‍याउनु पनि हो।

विधिको शासनभन्दा जताततै सरकार र दलको कालो छाया छ। लोकतन्त्रको रुप अहिले बदलिएर शासन सत्ता चलाउनेको दलबलमा अलपत्र भएजस्तो देखिन्छ। वर्तमान राजनीति एवं नेतृत्वप्रति त्यही निराशाका स्वरहरु सुनिन थालेको छ। जुनकुरा लोकतान्त्रिक शासन व्यवस्थाका लागि खतराको घन्टी बजे सरह नै हो। हामीले चाहेको लोकतन्त्र यस्तो होइन, जहाँ दल र नेताहरुले जितीरहने अनि नागरिकहरु सधैं पिल्सिरहने। लोककै जीत नभएको शासन व्यवस्था लोकतान्त्रिक हुनसक्दैन।

अहिलेको सरकार भ्रष्टचारमा लिप्त छ। दमनकककारी अलोकतान्त्रिक चरित्र उसको व्यवहारमा प्रष्टै देखिन्छ। आफ्नो निहित स्वार्थका लागि जे जस्ता काम पनि गर्न तयार हुने चरित्रले नेपालको राजनीति धमिलिएको छ। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो तर नेपाली जनताले कांग्रेसको विकल्प कम्युनिस्ट रोज्दा आज मुलुकको हविगत यो अवस्थमा आइपुगेको देखिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

वास्तवमा लोकतन्त्रले नागरिकमा समानता, निर्णय प्रक्रियामा उनीहरुको पहुँत एवं अनेक द्वन्द्व र विकृतिको व्यवस्थापन गर्दछ। लोकतन्त्र त्यतिखेर मात्र लोकतन्त्र रहन्छ, जबसम्म प्रत्येक नागरिकले कुनै न कुनै अवसर प्राप्त गर्न सक्छ। त्यसैले लोकतन्त्र  सबै नागरिकको प्राण हो तर आज ओली सरकारले लोकतन्त्रलाई राजाशाही व्यवस्था बनाएको छ।

लोकतन्त्रमा मनपरी ढंगले शासन चलाउने छुट कसैलाई हुँदैन। गुनासा, अहसमति, विमति, प्रतिरोध र आलोचनालाई राज्यले सम्बोधन गर्नु नै पर्दछ। तब मात्र लोकतन्त्र जिवन्त हुने गर्दछ। तर ओली सरकारको तरिका हेर्ने हो भने विपक्षीको मुख थुन्ने, आलोचना सुन्न नसक्ने, नागरिकको ईच्छा विपरित काम गर्ने, विभिन्न दलहरुला२ फुटाउने, सत्तामा सधैं टिकिरहने, जनतालाई बेवास्ता गर्ने, संविधानवाद र यसका मूल्य मान्यतालाई भत्काउँदै जाने अनि आफू शक्तिशाली भएर शासन चलाइरहने दिशातर्फ उन्मुख देखिन्छ।

कोरोनाको संकट झेलिरहेको बेला संवैधानिक परिषद्मा एकलौटी गर्ने अभिप्रायले अध्यादेश ल्याइएको थियो। त्यो आफ्नो मान्छे भर्ती गर्ने उद्देश्य थियो।

लोकतन्त्रमा विपक्षी दल, विपक्षी स्वर र विपक्षी सुझावले सरकारलाई दुर्घटनाबाट जोगाउँछ। सही मार्ग प्रशस्त गर्दछ तर यो सरकारले यी अध्यादेश ल्याएर धमिलो पानीमा माछा मार्ने प्रयास गरेको थियो। यस्ता कदमको विरोधमा लोकतान्त्रिक शक्तिहरु सबै एकजुट हुनुपर्छ।

ओली सरकारले निम्त्याएको विकृतिपूर्ण राजनीतिको चक्रव्यूहलाई विभिन्न कोणबाट विश्लेषण गर्नुपर्छः

अध्यादेशको दुरुपयोग
प्रधानमन्त्रीलले संसदको अधिवेशन छलेर दुई महत्त्वपूर्ण अध्यादेश जारी गरेका छन्। उक्त अध्यादेशले नेपालको राजनीतिमा अस्थीरताको विजारोपण गरेको छ।

पहिलेपहिले दलहरु अत्याधिक फुटे र अस्थिरता निम्तियो भनेर २०७३ मा बनेको नयाँ ऐनले केही कठोर प्रावधान लिएको थियो। त्यसलाई भत्काएर अस्थिरताको सूत्रपात गर्ने प्रयास ओलीले गरेका थिए। त्यस्तै संवैधानिक परिषद्को मर्म परिवर्तन गरी आफूखुखी नियुक्ति गर्ने रणनीति ओलीको थियो। तर असफल भए।

टुटफुटको राजनीति
केपी ओलीले रचेको पार्टी विभाजनको ग्रान्ड डिजाइनलाई असफल पार्न राजपा र समाजवादीले बुधबार पार्टी एकीकरण गरे। उनीहरुले जनता समाजवादी पार्टी गठन गरे। अध्यादेश जारी भएपछि समाजवादीका केही नेताहरु पार्टी विभाजन गर्ने तयारीमा थिए। त्यही सूचना पाएपछि दुई दल एक भए। यसरी पार्टी विभाजन गर्ने आपराधिक मानसिकता बोकेर ल्याइएको अध्यादेशले दुई दललाई जुटाइदियो।

किनबेचमा नेता
अन्य पार्टीका सांसद र केन्द्रीय समितिका सदस्यहरुलाई फुटाएर आफ्नो  पार्टीमा मिलाउने रणनीतिका साथ ल्याइएको अध्यादेशले नेताहरु किनबेचमा लाग्न जाने सम्भावना थियो। यस्तो प्रयास लोकतान्त्रिक होइन। लोकतन्त्रलाई फाइदा गर्दैन।

आर्थिक चलखेल
आफ्नो पार्टीभित्र सांसद र नेताहरुलाई फुटाएरु लैजानका लागि पैसाको चलखेल हुनसक्ने सम्भावनाले गर्दा संसदीय लोकतन्त्रलाई कमजोर पार्ने गर्दछ। यस्तो घृणित खेलको पुनरावृत्ति ओली सरकारले गर्ने प्रयास गरेको छ।

भ्रष्टाचारको शृंखला
ओली सरकार आएपछि श्रृंखलावद्ध ढंगले भ्रष्टाचारका काण्डहरु बढिहरेका छन्। जस्तो स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार, प्रिन्टिङ प्रेसमा भएको भ्रष्टाचार। त्यसका साथी यति समूहलाई सरकारी जग्गाहरु दिने देखि वाइडबडी, न्यारोबडी जस्ता थुप्रै काण्डमा सरकार मुछिएको छ। 
 

नैतिकताको स्खलन
लोकतान्त्रिक मूल्य मान्यतता अनुरुप सरकार नचलेको खण्डमा अनेकौं विकृतिको जन्म हुन्छ। जसले सक्छ, उसैले खाने प्रवृतिको विकास हुन्छ। सरकार तानाशाही प्रवृत्तितर्फ उन्मुख हुन्छ। उच्च तहका सबै नेतामा नैतिकता हराएर कसरी धन र शक्ति आर्जन गर्ने भन्ने काम हुन्छ। जुन कार्यले जनताको चाहना पूरा हुँदैन। र लोकतन्त्र नै मर्माहत हुन्छ।

लोकतान्त्रिक संस्कारको अभाव
लोकतन्त्रको परिधीमा रही राज्यले काम गरेमा जनताहरुको चाहना वा ईच्छालाई पूरा गर्न सक्दछ। त्यसको लागि राज्य सञ्चालन गर्न गएका व्यक्तिहरु सच्चरित्रवान्, इमानदारिता जनताप्रति जवाफदेही, जनताको सेवक हुँ भन्ने मनशायले काम गर्ने संस्कार र पद्धति हुन जरुरी छ।

ओली सरकारमा रहेका मन्त्रीहरुमा जनताप्रति जवाफदेहीता र पारदर्शीता पटक्कैप पाइएन। दल वा जनतालाई कसरी छलेर आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भनेर दिनरात लागेको आभाष भएको  छ। लोकतान्त्रिक संस्कार बिनाको  नेतृत्वले जनताको के काम गर्ला र? जनताहरु चारैतर्फ निराशामा परिणत भइसकेको अवस्था छ। दल, नागरिक समाज, बुद्धिजीवी सबैले मनन गरी सरकारलाई सही बाटो वा लोकतान्त्रिक संस्कारमा हिँडाउन जरुरी भएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १६:०८
  • #लोकतन्त्र

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
तराईमा तनाव कम भएसँगै चार दिनपछि काठमाडौँ फर्किए गृहमन्त्री
सबै ज्ञान र क्षमता सरकारसँग मात्रै छ भन्ने सोच उचित होइन : गगन थापा
जातीय तथा धार्मिक द्वेष फैलाउने युट्युबर पक्राउ
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
तराईमा तनाव कम भएसँगै चार दिनपछि काठमाडौँ फर्किए गृहमन्त्री आइतबार, साउन १७, २०८३
सबै ज्ञान र क्षमता सरकारसँग मात्रै छ भन्ने सोच उचित होइन : गगन थापा आइतबार, साउन १७, २०८३
जातीय तथा धार्मिक द्वेष फैलाउने युट्युबर पक्राउ आइतबार, साउन १७, २०८३
सुस्तामा भारतीय एसएसबी प्रवेश गरेर अस्थायी बाँध भत्काएपछि तनाव आइतबार, साउन १७, २०८३
नेपालमा मोरक्कोको राष्ट्रिय दिवस मनाइयो, सांस्कृतिक प्रदर्शनीदेखि पर्यटन प्रवर्द्धनसम्मका कार्यक्रम आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सरकार र हिन्दु सम्राट सेना नेपालबीच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता आइतबार, साउन १७, २०८३
श्रीलङ्कामा दुई पूर्व अधिकारीलाई मृत्युदण्ड शनिबार, साउन १६, २०८३
‘सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैन’: झक्कु सुवेदी शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्