काठमाडौं- दल दर्ताका लागि जनता समाजवादीका मुख्य नेताहरु निवाचन आयोग कान्तिपथ पुगेका छन्।
बुधबार रातिमात्रै राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भई जनता समाजवादी पार्टी गठन भएको थियो।
दल दर्ताका लागि उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु आयोग कार्यालय पुगेका छन्।
आयोग पुगेका नेता महतोले आफूहरु एकीकरण भएको जानकारी दिन आयोग आएको बताए। ‘यो सरकारले फुटाउने चाल गर्यो’, उनले भने, ‘फुटाउन सक्दैन।‘
त्यस्तै भण्डारीले व्यंग्यात्मक रुपमा प्रधानमन्त्रीलाई धन्यवाद दिए। ‘प्रधानमन्त्रीलाई धन्यवाद दिन चाहान्छु। लकडाउनले गर्दा एकतामा ढिलो भएको थियो। अध्यादेश ल्याएर चाँडो गर्न सहयोग गरिदिनुभयो’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।