• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

बिन्ती, नरोएस् है आमा! [कविता]

रोजी थपलिया बिहीबार, वैशाख ११, २०७७  ०५:१५
1140x725

चारैतिर लकडाउन छ
कतै मेरो आँखाको पावरमा त लक लाग्या होइन?
मेरो मानसिक स्वास्थ्य त ठिक छ?
खै किन हो!
आमाभन्दा पर अस्पतालका 
बिरामी र कुरुवा सबैमा अलिअलि आमा खोज्छु
भोकप्यासै थकित भएर 
आइसोलेसन कक्षमा प्रवेश गर्नुअघि 
तिमीलाई सम्झन्छु
मेरा आधा असुरक्षित पोसाक हेर्छु
अनि तिमीले लगाइदिएका 
सुरक्षित र न्याना कपडा सम्झन्छु, आमा!

गर्व गर्दै तिम्रो गर्भबाट रुँदै निस्किएको दिन सम्झन्छु
तिमी रुँदै, सुर्ता गर्दै हुर्केको 
तिम्रो गर्भ तुहिन्छ कि भनेर लोलाएको स्वरमा
'बाबु आफ्नो ख्याल गरेस्' भनेको सम्झन्छु
सायद!
तिमीलाई पनि मलाईजस्तै 
आजकल निन्द्रा पर्दैन होला, आमा!

तिमीलाई तिम्रो अभिमन्युझैं 
डाक्टर छोरालाई 
अव्यवस्थित स्वास्थ्य सुरक्षानीतिको 
चक्रव्यूहमा परी 
कोरोनाजस्ता कर्णले पछाडिबाट 
छुरा प्रहार गर्ने त होइन भन्ने पीर पर्दो हो
के खाँदो हो? कहाँ सुत्दो हो?
टाउको दुख्दा सुमसुम्याउने आमाको हात खोज्दो हो? 
भन्ने सोचहरूले दिनदिनै गाल्दो हो
आफ्नै छोराजस्ता धेरै  डाक्टर र नर्सले 
बिरामीलाई स्वस्थ बनाउँदाबनाउँदै 
आफै बिरामी भएर वैकुण्ठमा 
बास गरेका खबरले 
होसहवास उडाउँदो हो।

चिन्ता नगर आमा
म त ज्वरो क्लिनिकमा 
बिरामीको थ्रोट स्वाब संकलन गर्ने 
स्वाब स्टिकमा
तिमीले किनेर ल्याएको 
नयाँ चम्चा छाडेर 
मैले रोजेका तिम्रा हात देख्दछु।

बिरामीलाई मुख खोल्न लगाउँदा
तिमीले मुछेर खुवाउँदा मैले गर्ने आँ सम्झन्छु
मैले लगाउने आईसिल्डमा 
तिमीले कसैको आँखा नलागोस् भनेर 
हेमन्तको घामा तेल लाएर लगाई दिएको गाजल सम्झन्छु
मैले लगाउने मास्कमा त
तिमीले म सुतिरहँदा
किरा फट्याङ्ग्रा नाक भित्र नपसोस् भनेर 
ओडाइदिएको तिम्रो
पातलो पछ्यौरी सम्झन्छु
मैले लगाउँने बुटमा त 
कुल देउताको पूजा हुने साल 
किनिदिएको आर्मी कलरको 
त्यही एक जोर जुत्ता समझन्छु
अनि जसोतसो जुटेको यो गाउनमा 
तिमीले पहिलो चोटी 
मेरो स्कुलको सांस्कृतिक कार्यक्रममा 
भाग लिँदा लगाइदिएको दौरा सम्झन्छु।

जनतालाई भित्रै बस्नु भन्दै 
आफू बाहिर खटिएका जुझारु 
राष्ट्रसेवक सुरक्षाकर्मीहरूमा तिमीलाई देख्छु
तिमीले सुनाएका भूतका कथा 
अनि बाहिर हाउगुजी छ ननिस्कनु आदि
आफू बाहिर बजार निस्किएर 
मेरै लागि भिटामिन ल्याइदिएको सम्झन्छु।

बिरामीलाई जाँच गराउन कक्ष सफा राख्न
आफै फोहोर हुँदै 
रोग लाग्छ भन्ने त्रास हुँदाहुँदै 
निस्वार्थ कर्ममा होमिएका 
सहयोगी दाजुभाइ र दिदीबहिनीमा
तिमीलाई देख्छु।

तिमीले चम्काएको त्यो हाम्रो घर, आँगन, भान्सा 
मेरो सेतो टिलक्क टल्किने 
मंगलबार र शुक्रबार लगाउने पोसाक 
त्यो तिम्रो थकित अनुहार 
अनि दाग बसेको तिम्रो म्याक्सी सम्झन्छु
बिरामीलाई अहोरात्र  समयमै औषधि खुवाउने
भाइटल्स मोनिटर गर्ने  वीरङ्गाना 
सिस्टरहरुमा तिमीलाई देख्छु

Ncell 2
Ncell 2
nimb
nimb

मलाई ज्वरो आउँदा
आँखा झिमिक्क नगरी
मेरो निधारमा पानीपट्टी गरेको
पटकपटक मेरो ज्वरो नापेको सम्झन्छु

म त बिरामीहरुमा तिमी देख्छु
लकडाउनका बेला घरमै बसेका 
जिम्मेवार नागरिकमा तिमी देख्छु
उचित खबर प्रवाह गर्ने 
पत्रकारमा तिमी देख्छु
पुलिसका लाठीले उठाएका डाम हेर्छु
अनि तिमीले घरको भर्‍याङबाट लड्दा 
टाउकोमा उठेको टुटुल्कोमा 
लगाइदिएको तेल सम्झन्छु।

तिमीलाई म कहाँ कहाँ देख्दिनँ होला
राहत बाड्ने परोपकारी हातमा तिमीलाई देख्छु
सरकारले देशवासीका नाममा गर्ने सम्बोधनमा 
पनि मेरी आमालाई नै देख्छु
काम बिगार्दा आमाले दिने
अर्तीलाई सम्झन्छु
परीक्षामा फेल हुँदा 
आमाले दिने हिम्मत सम्झन्छु।

नहोला नौ महिना गर्भको सम्बन्ध
नहोला दूधका धाराले मुखमा अकिञ्चन सेचन
बाँधियौं विश्व एकता अनि भाइचाराले
आमा म त तिमीले  सुनाएजस्तै 
सबैमा यसोधा देख्छु 
कंसजस्ता महामारी परास्त गर्न कृष्ण बन्दैछु।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

युद्ध जितेर आएँ भने 
पहिलो चोटी कक्षामा प्रथम हुँदा
जितेको मेडल लगाइदिनू है
मेरो टाउको सुम्सुम्याई दिनू है
मलाई फेरी पनि मुछेर 
आफ्नै हातले भात खुवाइदिनू है आमा।

आमारूपी चिकित्सक साथी, नर्स, 
हेल्पर, सुरक्षाकर्मी, जनता, सरकार नमन सबैमा
म मरेँ भने हाँसीहाँसी पहिलेझैँ गर्व गर्दै बिदा गरिदेऊ
फेरि पनि तिम्रो छोरा बनी बस्नेछु तिम्रै गर्भमा
बिन्ती नरोएस् है आमा!
बसेर मेरो लासको छेउमा
बिन्ती नरोएस् है आमा!
बसेर मेरो लासको छेउमा।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  ०५:१५
  • #मातातीर्थ_औंसी
  • #आमाको_मुख‌_हेर्ने_दिन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्