काठमाडौं– समाजवादी पार्टीले राजनीतिक पार्टीहरुलाई सत्ता/शक्ति, पद र आर्थिक चलखेल गरी फुटाउने षड्यन्त्रले अध्यादेश ल्याइएको बताएको छ।
सरकारले जारी गरेको अध्यादेशले राजनीतिक अस्थिरता ल्याउनुका साथै लोकतन्त्रलाई समाप्त पार्ने समाजवादीको ठहर छ। समाजवादी पार्टीले विज्ञप्ति मार्फत अध्यादेशले संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई धरापमा पार्ने जनाएको छ। मुलुकलाई नै द्वन्द र अस्थिरतातर्फ धकेल्ने गरि अध्यादेश ल्याइएको समाजवादीले जनाएको छ।
राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषदको अध्यादेश फिर्ता गर्न पार्टी अध्यक्ष उपेन्द्र यावदले सरकारसँग माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।