काठमाडौं- नेपाली कांग्रेस युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकार चलाउने वैधानिकता रहेको तर वैधता सकिएको बताएका छन्। सरकारले आज जारी गरेको अध्यादेशलाई लक्ष्य गरी उनले यस्तो टिप्पणी गरेका हुन्।
उनले भनेका छन्, 'संकटको यो घडीमा तपाईंको यस्तो प्राथमिकताले यो भने प्रस्ट बनायो कि सरकार चलाउने वैधानिकता तपाईंसँग रहला, वैधता भने अब रहँदैन।'
उनले महासंकटको यो क्षणमा यी अध्यादेशहरू जारी गर्ने प्रधानमन्त्री ओलीको उद्देश्य र नियत समयले थप प्रस्ट्याउने बताएका छन्। यसैगरी संविधानको मर्म विपरितका यी कदमको सामना गर्ने पनि उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।