काठमाडौं–नयाँ वर्ष २०७७ सालले नेपालीको घर आँगनमा पाइला टेकिसकेको अवस्थामा प्रकाश सुवेदीको शब्द , गायक तथा सङ्गीतकार हरि लम्सालको सङ्गीत र स्वरमा ‘भो नपठाऊ शुभकामना’ बोलको गीत सार्वजनिक भएको छ।
पुरै विश्व नै कोरोनाको महामारीले प्रताडित भैरहेको बेला हरेक संसारवासीमा अमनचयन, हर्ष, उमंगजस्ता कुराहरु हराउँदै गएका छन्। न त नयाँ वर्ष, न चाडपर्व जस्ता अवसरहरुले नै मानिसलाई खुसी तुल्याउन सकेको छ।
नयाँ वर्ष आए पनि मनमा कुनै हर्ष छैन, छ त केवल खल्लोपन र सन्त्रासमात्र। यस्तो सन्त्रासका बीच पनि शुभकामनाहरुको ओइरो लाग्दा गीतकार प्रकाश सुवेदीलाई कसैले जिस्क्याईरहेजस्तो आभास हुन्छ, अनि भन्छन्–भो नपठाऊ शुभकामना
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।