कैलाली- कैलालीस्थित नेपाल–भारत सीमाको एक सय एक किलोमिटर क्षेत्रलाई सशस्त्र प्रहरीले ‘सिल’ गरेको छ। लुकीछिपी भारतबाट नेपाल भित्रिन सक्ने भन्दै सशस्त्र प्रहरीले पूरै सीमा नाकालाई सिल गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका प्रहरी उपरीक्षक कमल तिमिल्सिनाले एक सय एक किलोमिटर सिमानाको ७२ स्थानमा टेण्ट र सेन्ट्री स्थापना गरेर सुरक्षाका साथै निगरानी गर्दै आएको बताए।
उनले १९ स्थानमा टेण्ट र ५३ स्थानमा सेन्ट्री स्थापना गरेर सुरक्षा दिइरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।