काठमाडौं-चीनले फाइभ जी (पाँचौं पुस्ता) डेलिभरी कार निर्माण गरेको छ। उक्त कार हाल परिक्षणको क्रममा रहेको पिपुल्स डेल्ली चाइनाले जनाएको छ।
यो फाइभ-जी डेलिभरी कारको नाम भने दिइएको छैन। यो कारले मानिसको तापक्रम मापन गर्न सक्छ भने मानिसको अनुहार समेर रिड गर्न सक्ने दाबी गरिएको छ। यो कारले सामान डेलिभरी दिँदा नछोइकनै उपलब्ध गराउन सक्ने पिपुल्स डेल्लीले उल्लेख गरेको छ।
हाल यो फाइभ-जी डेलिभरी कारले बेइजिङ इन्स्टिच्युट अफ टेक्नोलोजीका विद्यार्थीलाई सामान पुर्याएर परिक्षण भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।