• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कान्छालाई चिठी- थाहा छ यो महामारी किन आवश्यक थियो ?

बद्री चापागाईं सोमबार, चैत २४, २०७६  १२:००
1140x725

प्रिय कान्छा,

'कुशल रही कुशलताको कामना गर्छु'  भन्ने कुरो पहिले पहिलेको चिठी लेखनमा एउटा औपचारिकता हुन्थ्यो, तर कोभिड- १९को सन्त्रासका बीच यो लाइन अचेल इमेल लेखनमा वास्तविकता हुन थालेको छ ।

खासमा तँलाई ट्विटरमा एक दुई लाइन मेसेज लेखेर सुत्न खोजेको थें। तर निंद लागेन। डर लाग्यो, भोलिसम्म मनका यी बह बासी पो हुने हुन् कि! र बिहानको ३:३० मा उठेर अनि यो गन्थन लेख्दैछु । 

रोगब्याधि एक ठाउँमा, प्रकोप र नियन्त्रण एक ठाउँमा। तर कताकता तँलाई यतिबेलाको यो विपद समस्त जगतलाई प्रकृतिको एक चेतावनी हो जस्तो लाग्दैन ? मैले ४४-४५ साल देखिका स्मृतिका दृष्यहरु ऐले कल्पना गर्दा पनि ठूलो कालखन्ड पार गरेर आए जस्तो लाग्छ । तेरा पनि आफ्नै होलान्! सिनेमा र डकुमेन्ट्रीले त त्यस्ता सम्झनाहरूलाई झन् परिस्कृत गरि नै हाल्छन्। तर सृ्ष्टि भएदेखिको यो पृथ्वी कति परिवर्तन भयो होला ? रचना हुँदा यो लोक कस्तो थियो होला ? कल्पना बाहिर छ । तर ऐले कस्तो भएको छ, जगजाहेर छ । 

लाग्थ्यो कहिल्यै ? सिड्नीमा तैंले काम गर्ने एअरपोर्टको टर्मिनल यति स्लो हुन्छ होला भनेर ? कसैले सोचेको थियो, म्यानह्याटनको टाइम्स स्क्वायर टक्क रोकिन्छ होला भनेर ? हावडा र मुम्बइका लोकल ट्रेनबाट निस्कने सलहका ताँतीझैं मानिसलाई कसैले छेक्छ होला भनेर कहिल्यै परिकल्पना गरिएको थियो र ? दोहा वा हङकङ ट्रान्जिटमा कुरेर बस्दा लाग्दैन्थ्यो - यी मान्छे कामै परेर हिंड्दा हुन् कि यत्तिकै अरुकै पैसामा मोज गर्न निस्केका होलान् ? न्यूयोर्कको मेट्रो र डार्लिङ हार्बरको क्रुज कहिल्यै खाली चल्लान् भनेर सोचिएको थियो?

तर आखिर रुक्दो रहेछ त पृथ्वीको गति। समय पनि टक्क उभिदो रहेछ । समस्त मानव जगत, जहाँको त्यहीँ मूर्ति बनि लकडाउनलाई सफल बनाउन पनि समर्पण गर्न सक्दो रहेछ त ।  

घाँटीको समस्याले प्रि-कोरोना ‘ड्रिल’ स्वयं/खुदले गरियो । बाक्लो, पहेंलो सेप आउने खोकीले जरो निकालेर दुई दिन सुतायो । आइसोलेसन प्राक्टिस गरें । कोठामा थुनिएर । तपस्या जस्तो रह्यो । न कतै पुग्ने हतार, न अरुले म भन्दा बेसी प्रगति गर्‍यो कि भन्ने औडाहा ! सब रोकिएको छ । एक अर्काको काँधमा टेक्दै पद, पैसा, पावर, भन्दै दौडेका मानिसहरु सब ऐले निर्विकल्प मृत्यूको भयको कारण यथास्थितिमा छन् । अरु कुनै डरले नरोकिने सांसारिक दौड, मृत्यूको भयले कम से कम एकछिन संयमित त हुन खोज्दो रहेछ। 

आखिर के रहेछ त जीवन ? हिजो साँझ गाउँमा दिपेन्द्रसँग कुरा भयो ! उजाड छ रे । हरियो होस् पनि कसरी, तिमीहरु सिड्नीमा पसिना चुहाइरहेका छौ । उपलब्धी के त ? त्यही कागजको खोस्टो ? अनि छर-छिमेक, परिवार, इस्टमित्र, चाड, पर्व ? जति नै विकसित देशमा पुगे पनि आखिर चाक पुछ्ने कागजको लागि त हारालुछ हुने रच। 

Ncell 2
Ncell 2
nimb
nimb

जीवनमा कतिपय कुराहरु हासिल नहुन्जेल बडो ठूलो लाग्छन्  तर हातमा आइसकेपछि त्यो सानो लाग्छ, त्यो भन्दा अर्को ठूलोको लालसा हुन्छ । 

मेरो बुझाइमा मानव जाति भनेकै कृषक हो । अबको विश्वमा जसले उत्पादन गर्छ , उसको मात्र पेट भरिने प्रत्याभूति हुन्छ। आफूले उत्पादन गरेको उब्रेमा अरुलाई बेच्ने हो।

यसो एकान्तमा बस्दा तेरो संघर्षको ग्राफ हेरें। कोभिड -१९ भन्दा आक्रामक छ । तर कहिलेसम्म त ? ३५ वर्ष भइसकिस्। जुम्ल्याहा छोरा पनि ठूलै भइसके । तर जिन्दगीको सबै भन्दा ठूलो उपलब्धि नै कुनै अन्य देशले लौ मेरो देशमा बसेर दिमाग सबै भन्दा र त्यसपछि खुन पसिना बगाउन दिएको सर्टिफिकेट नै सबै भन्दा ठूलो उपलब्धि  हो र ?

म आफू पनि बाहिर गएको भएर मलाई थाहा छ…. फर्किंदा लाग्ने ग्लानी र लाज । तर बाल छैन । अवस्था बदलिएको छ । सायद यो महामारीपछि बिश्व एकपटक फेरि ठूलो आर्थिक मन्दीमा जानेछ । विकसित देशहरुले आप्रवासीहरुलाई हेर्ने नजरिया परिवर्तन हुँदैछ । मौसम परिवर्तन र माग र आपूर्तीको अनुपात नमिल्दा  मानिससँग पैसा भए पनि खान नपाउने अवस्था आउन सक्छ । 

Xtrem

Xtrem

मेरो बुझाइमा मानव जाति भनेकै कृषक हो । अबको विश्वमा जसले उत्पादन गर्छ , उसको मात्र पेट भरिने प्रत्याभूति हुन्छ। आफूले उत्पादन गरेको उब्रेमा अरुलाई बेच्ने हो । अत: औद्योगिकरणको यो उत्कर्षपछि अब फेरि मानिस कृषि पेशामा नफर्की धरै छैन । मान्छेको संख्या बढाएर मात्र त भएन, खुवाउनु पनि सक्नु पर्‍यो।

हामीकहाँ कृषिलाई दुख्याहा पेशा भनियो । बाआमाले घाँसका भारी बोकेको देख्न नसकेर बुढाबुढीलाई ऐले चितवनमा डेरा लिएर राख्न परेको छ। आफ्नो घाटमा लास पोलिने हो कि होइन भन्ने जौजगीले ती पन्चानब्बे बर्षिया हजुरआमालाई कति उद्वेलित बनाउँदो हो? जिन्दगीभर कृषीकर्म गरेका बाआमाको हात खाली जग्गा देख्दा कति सल्बलाउँदो हो ?

थाहा छ यो महामारी किन आवश्यक थियो ? मान्छेलाई झक्झकाउन ! पृथ्वी निस्साइसकिन्, प्रकृति निचोरिइसकिन् । जनसंख्याको चाप केही ठाउँमा अधिक बढ्यो । प्रकृति अब छिमोल्न चाहन्छ आफूलाई । अझ परिस्कृत मानव जाति रहोस् भन्ने हेतुले कमजोरहरु दौडबाट हटाइन्छन् । त्यही हो बस । तर ‘प्रकृतिको जेस्चर’ पनि मानवले बुझिदिनु पर्छ जस्तो लाग्छ। सबै मान्छे सहरमा ओइरिंदा गाउँको हालत के भाको छ कसैलाई हेक्का छ ?

पहाडमा वा अलि विकट ठाउँमा जग्गा कमाएर समेत खान मन नलाग्ने तर सव सहरमा जग्गाको अस्वाभाविक भाउले गर्दा यो चिजले क्रमभंगता मागे जस्तो लागेको थिएन तँलाई ? मोबाइल पुरानो हुँदै जाँदा स्लो हुँदै गएर लास्टमा ह्यांग भएपछि रिसेट गरेर रिस्टार्ट गरे जस्तो!

खैर प्रकृतिले एकपटक चेतावनी दिएको छ । मान्छेलाई टाढा-टाढा बस्नुपर्छ भन्ने विकासक्रमको सिद्धान्त सम्झाएको छ अनि चरम दोहन गर्‍यौं भने यस्तो हुन सक्छ भनेर सतर्क गराएको छ। 

दाइले यो कुरा किन भन्दैछ, जस्तो लागि'रा होला तँलाई ! घुमाएर बोल्न आउँदैन । सिधा कुरा - गाउँमा आइज । गाई पालौं । 

हाम्रो हकमा कृषि किन दुख्याहा पेशा भयो भने - एउटा ह्विलब्यारो बनाएर मल ओसारे हुनेमा डोकोमा हालेर नाम्लाले थाप्लामा बोकेपछि गर्दन त मर्किने नै भयो नि । धेरै मान्छेले विदेश देखेका छन् आजका दिनमा । सबै ठाउँमा कुटो कोदालो गरेर मात्र होइन, आवश्यकता अनुसारको खेति गरे मात्र टिक्न सकिन्छ । 

अस्ट्रेलिया, न्यूजिल्यान्ड  र नर्डिक देशहरु गाई पालनबाटै यति प्रगति गरेका हुन् भन्दा फरक नपर्ला । हो फरक पक्कै होला, कुन गाई पाल्ने ? मासुको लागि पाल्ने वा दूधको लागि पाल्ने ? हाम्रो परिप्रेक्ष्यमा मासुको लागि गाई पाल्नु गैरकानुनी हुने भएपनि दूधको लागि पाल्नु त जयजयकार हुन पर्न हो । 

थाहा छ यो महामारी किन आवश्यक थियो ? मान्छेलाई झक्झकाउन ! पृथ्वी निस्साइसकिन्, प्रकृति निचोरिइसकिन् । जनसंख्याको चाप केही ठाउँमा अधिक बढ्यो । प्रकृति अब छिमोल्न चाहन्छ आफूलाई ।

सोच् त, सिड्नीको एअरपोर्टमा अमेरिकाबाट आएका यूपिएसका पार्सल बोक्नमा भन्दा तँलाई आनन्द त आफ्नै दैलामुनि बनाइने पास्चरमा गाईका बाच्छा बोक्दा आउला नि !  हैन ?

अँ.. आर्को कुरो । अचेल त गाँजा पनि बेच्न पाउन पर्छ भनेर संसदमै आवाज उठ्न थाल्या छ । नेपाललाई समृद्ध बनाउन ओल्बाले कुनै कसर बाँकी नराख्ने भनेर भन्नु भा'छ । विदेशमा भएका नेपालीलाई नेपालमा फर्काएर एउटा ग्रुपलाई गाँजाखेती र अर्कोलाई गाईपालन गर्न लगाएर तुलनात्मक अनुसन्धान गराउन पर्ने  देख्छु म । अबको ५ बर्षमा जुन कुराले बढी पोसाउँछ, त्यै काम राष्ट्रिय नितिमा राखेर गर्ने । हामी नेपाली विदेशीले जे भन्छन् त्यै गर्दै हिंड्छौं। आफ्नो विवेक कहिल्यै लगाएनौं । कुनैबेला सिसौं लगाओ भनेर बिदेशीले भन्दिए । सारा पाखामा सिसौं लायौं, डढुवा लागेर बोट मरे । कैले पश्मिना भन्यौं कैले अलैंची र लिप्टिसका बृक्षारोपण ? तर कुनैको पनि आफ्नै तवरबाट स्वतन्त्र पुष्टि गरायौं ? अहँ… लौत दुबै कृषि कर्म र दुबै नगदे कारोबार भए पनि यी दुईमा कुनले अर्थतन्त्र, समाज, विदेशी मुद्रा आर्जन, रोजगारीका अवसर आदिमा स्वतन्त्र अध्यनन गरौं । 

जमाना वैश्य हो कान्छा । जे पनि बिक्छ अचेल । पहिले बजार खोज्दै जानुपर्थ्यो । अचेल बजार उत्पादन खोज्दै किसानको दैलोमा आउँछ । कृषि उपज पनि बिक्छ । ‘अस्ट्रेलियाबाट फर्केर कृषी कर्ममा’ भन्ने पत्रकारिताको टाइटल हेड पनि बिक्छ । 

तेरो प्यासन होइन पत्रकारिता ? इभेन्ट म्यानेजमेन्टमा सिड्नीबाट मास्टर्स गरेको होइनस् ? नेपाल किन विकास भएन जस्तो लाग्छ थाहा छ तँलाई ? हामी  वीर पनि हौं, बुद्धु पनि । दोस्रो तप्कामा रहेर सा'पहरुले लाए अर्हाएको कामचाहिँ मजाले गर्ने, आफैं सोचेर वा गुनेर चाहिँ केही व्यवस्थापन गर्न नसक्ने। 

गाउँमा दिपेन्द्र छ । मदन छ । कान्छो छ । कालीदास, नारन अंकल, भोजे/गोबिन्द अंकल को छैनन्? तर सब अन्धाधुन्ध छन् । खोरमा ल्याएर ब्रोइलर छाड्दैमा र दाना हाल्दिदैमा कुखुरा बेचुम्ला भनेर बसेका हुन्छन् । तर अन्य व्यस्थापन खोइ? भेटनरी डाक्टरको आवश्यकता र बीमाका कुराहरु बुझेकै हुन्नन् ! अनि कसरी हुन्छ बैज्ञानिक खेति ?

बुद्धिराम अंकल पनि ‘सुन्तला फूल खेल्दै’ भन्ने गीत गाउन छाडेर ऐले गाउँमा गएर युवाहरुलाई कृषि र गाईपालनको निम्ति संगठित गर्दै हुनुहुन्छ । तर लाग्दैछ, काममा सघाउने मान्छे नपाएर वहाँको हौसला पनि ओरालो लाग्दैछ । र त, तराइतिर जमानामा जोडेको घडेरीमा घरको जग हालेको फोटो देख्दैथें अस्ति । यसरी सबैले लत्तो छाड्ने हो भने हाम्ले कसरी खुवाउँला ३ करोड जनतालाई ?

अब त बिजुली नपुगेको गाउँ रहेन । मोटरबाटो पनि पिच हुँदैछ । छहराँको फाँट जतिलाई घाँसको निम्ति पाश्चर बनाउँदा कति रमणिय देखिएला ? सबैले छाडेको बाँझो जग्गालाई लिजमा लिएर उत्पादक क्षेत्रमा लगाउँदा राज्यले पनि पक्कै हेर्ला केरे। 

अँ…. लास्टमा सबैले भन्ने कुरो । गाउँ जान त हुन्थ्यो । तर, टाइ झुन्ड्याउने स्कुल गाउँतिर पनि हुन परो नि !! भाक्…. बेकुफ नबना । तँ त्यै शारदा मावि पढेर अस्ट्रेलियामा गएर मास्टर्स गर्न सकिस् नि होइन ? असल बाटो देखाउने हो भने अबका दिनमा कहाँ पढेको भन्ने कुराले खासै मान्यता नराख्ला । को कति रचनात्मक छ र मेसिनलाई दास बनाउन सक्छ भन्ने कुरा नै अहं हो । तर त्यो त बाबुको रुपमा तैँले भन्दा अरु कसले दिन सक्छ र ?

आउने नै भइस् भने चाँडै खबर गरिहाल्नू…. अरुले थाहा पाए भने गाँउलले जग्गा लिजमा दिन पनि बडो ल्याङ् गर्छन्। 

र अन्त्यमा, यो चिठी लेखिसकेपछि तँलाई पठाम् कि नपठाम् भनेर एकपटक केही आफन्तसँग पनि शेयर गरें। प्रायले - बिदेशमा बसेको भाइलाई यस्तो काम गर्न भनेर डाक्न सुहाउँछ ? भन्ने प्रतिक्रिया दिए । हो, हामीले बदल्नुपर्ने सोच नै यही हो। अब त तैँले पनि कामको महत्व बुझिस् होला । काम भनेको सानो-ठूलो भन्ने हुन्न।

सृष्टि चल्नको लागि इको सिस्टमका प्रणालीका एक-एक तत्वले काम गर्नुपर्छ । त्यसैले देशमा फर्केर आधुनिक किसिमले कृषिकर्ममा लाग्नु भनेको सृष्टि सञ्चालनकै एक अभिन्न अंग हो भनेर बुझ्नू। आफन्तले नदेख्ने बेलासम्म जे काम पनि गर्न हुने तर आफन्तको अगाडी सुकिलो-मुकिलो काम मात्र गर्नुपर्छ भन्ने ढोंग हावी भएसम्म हामी कहीँ पनि पुग्न सक्ने छैनौं । 
 

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १२:००
  • #badri
  • #agriculture
  • #austrlia

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक बिहीबार, असोज १५, २०८३
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी बिहीबार, असोज १५, २०८३
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो बिहीबार, असोज १५, २०८३
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा बिहीबार, असोज १५, २०८३
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्