• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ८, २०८२ Mon, Nov 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कहाँ छन् भारतबाट फर्किएका सुदूरपश्चिमका १ लाख ४२ हजार नागरिक?

२३ सयभन्दा बढी क्वारेन्टाइनमा
64x64
ललित बोहरा शनिबार, चैत २२, २०७६  २०:४०
1140x725

धनगढी- जब भारतमा कोरोना भाइरसकाे रिपाेर्ट पोजेटिभ आउन थाल्याे त्यही बेलादेखि नेपाल प्रवेश गर्ने नेपालीहरुकाे सीमामा पनि भीड बढ्न थाल्याे। सुदूरपश्चिमका सीमा नाकामा नेपालीहरुकाे भीड लागेका भिडियो पनि सार्वजनिक भयो। काेराेना संक्रमणबाट जाेगिन सरकारले लकडाउनकाे घाेषणा गर्‍याे।

लकडानपछि पनि सुदूर तथा मध्यपश्चिमका सीमा नाकाबाट राेजगारीका लागि भारत गएका कामदार आउने क्रम रोकिएन। सुदूरपश्चिकै सीमा नाकामा लकडाउनकै अवधिमा २ पटक खोलियाे। त्योबेला सुदूरपश्चिम प्रदेशमा चिकित्सक तथा स्वास्थ्यकर्मी, नागरिक अगुवालगायतले छिमेकी मुलुक भारतमा कोरोना भाइरसको प्रभावबारे बारम्बार सतर्कता अपनाउन आग्रह  गरिरहे।

विभिन्न अस्पतालका चिकित्सकले स्थानीय सञ्चारमाध्यममार्फत् पटक–पटक सम्बन्धित निकायलाई आग्रह गर्दै भने, ‘कोरोनाको संक्रमण थप फैलिन नदिन आंशिक रुपमै भएपनि सीमानाकाबाट हुने आवागमन रोकौँ। भारतबाट फर्किने व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा राखौँ।’ तर, चिकित्सकहरुको आग्रह न धनगढीमै रहेको प्रदेश सरकारका मुख्यमन्त्रीले सुने, न मन्त्री, स्थानीय तहका जनप्रतिनिधि, न त प्रमुख जिल्ला अधिकारीहरुले नै सुने।

सीमा नाका र विमानस्थलमा तापक्रम मापन गर्न हेल्थ डेस्क स्थापना गरेपछि पनि चिकित्सकहरूले पटक-पटक भने, ‘तापक्रम मापन गरेर मात्र कोरोना संक्रमण भएको छ/छैन भन्ने जान्न सकिँदैन। यसको किटाणु शरीरमा प्रवेश गर्ने बितिकै देखिने नभई १४ दिनसम्म जुनसुकै बेला पनि संक्रमण देखिन सक्छ।’ तर त्यो आग्रहलाई पनि स्थानीय तह, प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयहरुले नसुनेझै गरिरहे।

बरु त्यहीबीचमा हेल्थ डेस्कलाई प्रभावकारी बनाउने भन्दै तीन वटै तहका सरकारका प्रतिनिधिहरुले पटक-पटक अनुगमन निरीक्षण गरे। त्याे बेलासम्म सुदूरपश्चिमका सीमानाका भएर हजारौँ मानिस भारतबाट फर्किसकेका थिए। भारतमा कोरोना भाइरसको संक्रमण फैलिएकाले जोगिन नेपाल फर्किनु परेको उनीहरुकाे प्रतिक्रिया थियाे।

भारतमा कोरोनाको संक्रमण देखिएपछि सीमा नाका भएर कति मानिस नेपाल भित्रिए भन्ने तथ्याङ्क सरकारसँग छैन। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले सबैलाई क्वारेन्टाइनमा राख्न सम्भव नभएको प्रतिक्रिया दिँदै आएको थियो। मन्त्रालयको भनाई थियो, ‘भारतबाट आउने हजारौँलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्न, खाना खुवाउन सम्भव छैन्।’

सरकारी निकायको बेवास्ता र उदासीनताकै कारण फागुन २३ गते यता सुदूरपश्चिमका सीमा नाका भएर भारतबाट करिब डेढ लाख नेपाली नेपाल भित्रिए। प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको तथ्यांकअनुसार फागुन २३ गतेबाट चैत १० गतेसम्म एक लाख ४३ हजार भित्रिएका छन्। यसरी भित्रिनेमा अधिकांश सुदूरपश्चिमकै रहेको अनुमान गरिएको छ। तर ती मध्ये कसैलाई पनि अनिवार्य क्वारेन्टाइनमा राखिएन।

Ncell 2
Ncell 2

तथ्याङ्कअनुसार प्रदेशका ९ वटै जिल्लामा २ हजार ३ सय ८३ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ। प्रदेशमा स्थानीय तह, प्रदेश सरकार र नेपाली सेनाले समेत गरी तीन हजार ९ सय ७३ शय्या बराबरकाे क्वारेन्टाइन स्थापना गरिएको छ। तर, भारतबाट फर्किएका क्वारेन्टाइनमा नबसेका डेढ लाखको अवस्थाबारे सम्बद्ध निकाय बेखबर छन्।

तर प्रदेश सरकारको शनिबार बसेको बैठकले भने भारतलगायतका अन्य देशबाट आउनलेलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्ने उल्लेख गरेको छ। शनिबारको निर्णय नम्बर ४ मा स्थानीय तथा सुरक्षा निकायको समन्वयमा क्वारेन्टाइनमा राख्ने भनिएको छ। तर यो काम प्रभावकारी बनाउन के गर्ने भन्ने विषममा भने सरकारको तयारी कमजोर देखिएको छ।

कैलालीका नागरिक अगुवा प्रमोद पाठकले भारतसहित तेस्रो मुलुकबाट हजारौँको संख्यामा फर्किएकाहरुको पहिचान गरी परीक्षणमा जोड दिनुपर्ने बताउँछन्। उनले परीक्षण बढाउन सकेमा मात्र कोरोनाको संक्रमण पुष्टि हुने र थप संक्रमण फैलिन नदिन गम्भीर बन्न सरकारलाई सुझाए। 

अर्कोतर्फ भारतबाट फर्किएका कञ्चनपुर र कैलालीका दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिम अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी जोखिममा देखिएको छ। यसकारण पनि परीक्षणमा जोड दिन आग्रह गरिएको छ।

सामाजिक सञ्जालमा यसलाई खतराको घण्टीका रुपमा लिएर सरकार गम्भीर बन्नुपर्ने मत व्यक्त हुन थालेका छन्। अब स्थानीय तह र प्रदेश सरकार तथा संघीय सरकार मातहतका निकायले कोरोनाको थप जोखिम नियन्त्रणका लागि आवश्यक कदम चाल्नु पर्ने आवश्यकता छ।

प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  २०:४०
  • #काेराेना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
रिहा भएपछि दुर्गा प्रसाईँले भने–प्रधानमन्त्री र गृहमन्त्रीको वचन राख्न आन्दोलनको स्वरूप परिवर्तन गर्‍यौं आइतबार, मंसिर ७, २०८२
भियतनाममा भीषण बाढी–भूस्खलन, कम्तीमा ९० जनाको मृत्यु आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश आइतबार, मंसिर ७, २०८२
कम्युनिस्ट पार्टी अब अगाडि बढ्न सक्दैन : बाबुराम भट्टराई आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
रास्वपा काठमाडौँका सभापति प्रदीप विष्टद्वारा पदबाट राजीनामा आइतबार, मंसिर ७, २०८२
दुर्गा प्रसाईंको अभियानले घोषणा गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता आइतबार, मंसिर ७, २०८२
आज तीन नेताको पार्टी एकता हुँदै, घोषणा सभाको अध्यक्षता सन्तोष परियारले गर्ने आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्