• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कहाँ छन् भारतबाट फर्किएका सुदूरपश्चिमका १ लाख ४२ हजार नागरिक?

२३ सयभन्दा बढी क्वारेन्टाइनमा
64x64
ललित बोहरा शनिबार, चैत २२, २०७६  २०:४०
1140x725

धनगढी- जब भारतमा कोरोना भाइरसकाे रिपाेर्ट पोजेटिभ आउन थाल्याे त्यही बेलादेखि नेपाल प्रवेश गर्ने नेपालीहरुकाे सीमामा पनि भीड बढ्न थाल्याे। सुदूरपश्चिमका सीमा नाकामा नेपालीहरुकाे भीड लागेका भिडियो पनि सार्वजनिक भयो। काेराेना संक्रमणबाट जाेगिन सरकारले लकडाउनकाे घाेषणा गर्‍याे।

लकडानपछि पनि सुदूर तथा मध्यपश्चिमका सीमा नाकाबाट राेजगारीका लागि भारत गएका कामदार आउने क्रम रोकिएन। सुदूरपश्चिकै सीमा नाकामा लकडाउनकै अवधिमा २ पटक खोलियाे। त्योबेला सुदूरपश्चिम प्रदेशमा चिकित्सक तथा स्वास्थ्यकर्मी, नागरिक अगुवालगायतले छिमेकी मुलुक भारतमा कोरोना भाइरसको प्रभावबारे बारम्बार सतर्कता अपनाउन आग्रह  गरिरहे।

विभिन्न अस्पतालका चिकित्सकले स्थानीय सञ्चारमाध्यममार्फत् पटक–पटक सम्बन्धित निकायलाई आग्रह गर्दै भने, ‘कोरोनाको संक्रमण थप फैलिन नदिन आंशिक रुपमै भएपनि सीमानाकाबाट हुने आवागमन रोकौँ। भारतबाट फर्किने व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा राखौँ।’ तर, चिकित्सकहरुको आग्रह न धनगढीमै रहेको प्रदेश सरकारका मुख्यमन्त्रीले सुने, न मन्त्री, स्थानीय तहका जनप्रतिनिधि, न त प्रमुख जिल्ला अधिकारीहरुले नै सुने।

सीमा नाका र विमानस्थलमा तापक्रम मापन गर्न हेल्थ डेस्क स्थापना गरेपछि पनि चिकित्सकहरूले पटक-पटक भने, ‘तापक्रम मापन गरेर मात्र कोरोना संक्रमण भएको छ/छैन भन्ने जान्न सकिँदैन। यसको किटाणु शरीरमा प्रवेश गर्ने बितिकै देखिने नभई १४ दिनसम्म जुनसुकै बेला पनि संक्रमण देखिन सक्छ।’ तर त्यो आग्रहलाई पनि स्थानीय तह, प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयहरुले नसुनेझै गरिरहे।

बरु त्यहीबीचमा हेल्थ डेस्कलाई प्रभावकारी बनाउने भन्दै तीन वटै तहका सरकारका प्रतिनिधिहरुले पटक-पटक अनुगमन निरीक्षण गरे। त्याे बेलासम्म सुदूरपश्चिमका सीमानाका भएर हजारौँ मानिस भारतबाट फर्किसकेका थिए। भारतमा कोरोना भाइरसको संक्रमण फैलिएकाले जोगिन नेपाल फर्किनु परेको उनीहरुकाे प्रतिक्रिया थियाे।

भारतमा कोरोनाको संक्रमण देखिएपछि सीमा नाका भएर कति मानिस नेपाल भित्रिए भन्ने तथ्याङ्क सरकारसँग छैन। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले सबैलाई क्वारेन्टाइनमा राख्न सम्भव नभएको प्रतिक्रिया दिँदै आएको थियो। मन्त्रालयको भनाई थियो, ‘भारतबाट आउने हजारौँलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्न, खाना खुवाउन सम्भव छैन्।’

सरकारी निकायको बेवास्ता र उदासीनताकै कारण फागुन २३ गते यता सुदूरपश्चिमका सीमा नाका भएर भारतबाट करिब डेढ लाख नेपाली नेपाल भित्रिए। प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको तथ्यांकअनुसार फागुन २३ गतेबाट चैत १० गतेसम्म एक लाख ४३ हजार भित्रिएका छन्। यसरी भित्रिनेमा अधिकांश सुदूरपश्चिमकै रहेको अनुमान गरिएको छ। तर ती मध्ये कसैलाई पनि अनिवार्य क्वारेन्टाइनमा राखिएन।

nimb
nimb

तथ्याङ्कअनुसार प्रदेशका ९ वटै जिल्लामा २ हजार ३ सय ८३ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ। प्रदेशमा स्थानीय तह, प्रदेश सरकार र नेपाली सेनाले समेत गरी तीन हजार ९ सय ७३ शय्या बराबरकाे क्वारेन्टाइन स्थापना गरिएको छ। तर, भारतबाट फर्किएका क्वारेन्टाइनमा नबसेका डेढ लाखको अवस्थाबारे सम्बद्ध निकाय बेखबर छन्।

तर प्रदेश सरकारको शनिबार बसेको बैठकले भने भारतलगायतका अन्य देशबाट आउनलेलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्ने उल्लेख गरेको छ। शनिबारको निर्णय नम्बर ४ मा स्थानीय तथा सुरक्षा निकायको समन्वयमा क्वारेन्टाइनमा राख्ने भनिएको छ। तर यो काम प्रभावकारी बनाउन के गर्ने भन्ने विषममा भने सरकारको तयारी कमजोर देखिएको छ।

कैलालीका नागरिक अगुवा प्रमोद पाठकले भारतसहित तेस्रो मुलुकबाट हजारौँको संख्यामा फर्किएकाहरुको पहिचान गरी परीक्षणमा जोड दिनुपर्ने बताउँछन्। उनले परीक्षण बढाउन सकेमा मात्र कोरोनाको संक्रमण पुष्टि हुने र थप संक्रमण फैलिन नदिन गम्भीर बन्न सरकारलाई सुझाए। 

अर्कोतर्फ भारतबाट फर्किएका कञ्चनपुर र कैलालीका दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिम अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी जोखिममा देखिएको छ। यसकारण पनि परीक्षणमा जोड दिन आग्रह गरिएको छ।

सामाजिक सञ्जालमा यसलाई खतराको घण्टीका रुपमा लिएर सरकार गम्भीर बन्नुपर्ने मत व्यक्त हुन थालेका छन्। अब स्थानीय तह र प्रदेश सरकार तथा संघीय सरकार मातहतका निकायले कोरोनाको थप जोखिम नियन्त्रणका लागि आवश्यक कदम चाल्नु पर्ने आवश्यकता छ।

प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  २०:४०
  • #काेराेना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
रसुवागढी जलविद्युतको सुरुङभित्र खोजी गर्दा कोही फेला नपरेपछि सेना फर्कियो सोमबार, भदौ १५, २०८३
एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ सोमबार, भदौ १५, २०८३
छ दिनसम्म उद्धार नभएपछि इन्जिनियरहरूको दबाब अभियान: ‘आज उनीहरू, भोलि हामी’ सोमबार, भदौ १५, २०८३
भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्रीले लिन थाले सेना, प्रहरी र सशस्त्रका प्रमुखसँग छुट्टाछुट्टै ब्रिफिङ सोमबार, भदौ १५, २०८३
सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्