• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ११, २०८३ Mon, May 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोभिड-१९ ले ल्याएका सकारात्मक परिदृश्य 

रेवती सापकोटा  आइतबार, चैत १६, २०७६  १३:४१
1140x725

हुलमुलमा जिउ जोगाउनू, अनिकालमा बिउ जोगाउनू,’ नेपालका ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिकले आफ्ना नयाँ पुस्तालाई सुनाउने गरेका हुन्छन्। कोभिड–१९ नामक विनाशकारी भाइरसबाट आफ्ना नागरिक जोगाउन विश्वभरिका सरकारलाई मुश्किल परिरहेको छ। यस्तोबेला उनीहरु भनिरहेका छन्, ‘हुलमुलमा नजानू, घरभित्रै एकान्तबासमा बस्नू।’ 

अपवादबाहेक अधिकांस मुलुकले आफ्ना नागरिकलाई एकान्तबासमा बस्न प्रोत्साहित गर्दै भीडभाडमा नजान अपिल गरिरहेका छन्। एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भाइरस भएकाले संक्रमण नियन्त्रणका लागि सरकारले नागरिकलाई सुरक्षित बनाउन एकान्तबासलाई प्रोत्साहित गरेका छन्। सहरी क्षेत्रका मानिस कोठामा थुनिएका छन् भने ग्रामीण क्षेत्रका मानिस खेतबारीको काममा व्यस्त भइरहेका छन्। 

पूर्वीय दर्शनबाट प्रेरित हाम्रा ज्येष्ठ नागरिकले आफ्ना सन्तानलाई दिएको सन्देश र अहिले विश्वभरका आधुनिक सरकारले दिएका निर्देशन एउटै छन्। एकअर्कामा संक्रमण फैलिने त्रासका कारण संसारभर हात मिलाउनुको सट्टा नमस्कार गर्ने बानीको विकास हुनु पनि सकारात्मक पक्ष हो । पूर्वीय दर्शन पश्चिमा आधुनिकताभन्दा वैज्ञानिक रहेको तथ्य पनि पुष्टि हुँदै गएको छ। 

चैत वैशाखको सुख्खा समयमा जंगलमा डढेलो सल्किएझै कोभिड–१९ को संक्रमण संसारभर फैलिरहेको छ। यस्तो परिस्थितिमा संसारभरका सरकारले आफ्नो राष्ट्रिय अर्थतन्त्रलाई तिलाञ्जली दिएर आफना नागरिकलाई सुरक्षित राख्न एकान्तबासमा बस्न प्रोत्साहित गरिरहेका छन्। नेपाल सरकारले पनि आफनो सम्पूर्ण शक्तिलाई कोरोनाविरुद्धको लडाइँमा केन्द्रित गरिरहेको छ। 

रेवती सापकोटा

संकट, विपद र महामारी बाजा बजाएर आउने होइन, यो आकस्मिक हुने घटना हो। सामान्य अवस्थामा मानिसमा हुने दम्भ, घमण्ड र रिस विपद र संकटसँग जुध्ने ऊर्जामा परिणत भइदिन्छन् । शत्रुतापूर्ण सम्बन्ध पनि संकटका बेला मेलमिलापमा बदलिन बाध्य हुन्छन्। व्यक्तिमा हुने त्यस्तो गुण सरकार र राष्ट्रप्रमुखमा पनि प्रतिविम्बित हुन्छ र त्यसले राष्ट्रहरुका बीचको तिक्तता मित्रतामा परिणत भइदिन्छन्। 

कोभिड–१९ विरुद्ध लड्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता गर्नुपर्ने अवस्था सिर्जना भएको छ। कोभिड–१९ ले चीन र अमेरिकाका राष्ट्रप्रमुखलाई नजिक ल्याउन प्रोत्साहित गरेको छ। एकअर्काप्रतिको आक्रोश मित्रतामा परिणत गराउनुपर्ने बाध्यात्मक अवस्था चीन र अमेरिकाका लागि पनि सिर्जना भएको छ। जुन तथ्यलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो ट्वीटले पनि पुष्टि गरेको छ। 

विश्वका धनी २० राष्ट्र संगठन जी–२० को डिजिटल सम्मेलनमा चिनियाँ राष्ट्रपतिले दिएको सम्बोधनले मानवताविरुद्धको अपराधमा केन्द्रित कोभिड–१९ विरुद्ध लड्न सवैलाई प्रोत्साहित गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपतिसँग कोभिडविरुद्ध लड्ने उपकरण सहयोगका लागि अनुरोध गरेका छन् र उनले उत्तर कोरियाली राष्ट्रप्रमुख किम जोङ उनलाई केही सहयोग गर्नु पर्छ कि भनेर सोध्ने अवस्था सिर्जना भएको छ। यूरोपियन युनियनजस्ता शक्तिशालीहरु विपद र महामारीसँग जुध्ने योजनाविहीन अवस्थामा रहेको पुष्टि भएको छ। कोभिड १९ विरुद्ध लड्न यूरोयिन युनियन, दक्षिण अमेरिका र अफ्रिकी मुलुक पनि चिनियाँ सहयोगको अपेक्षामा छन्।  

भारत र पाकिस्तानको तनावका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का कुनै पनि बैठक नभइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाइमा सार्क राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखको डिजिटल सम्मेलन गरेर कोभिड–१९ विरुद्धको संघर्षमा ऐक्यबद्धता जनाउने प्रतिबद्धता व्यक्त गरियो। यद्यपि त्यो डिजिटल सम्मेलनमा पाकिस्तानका स्वास्थ्य मन्त्रीले समेत भाग लिएका थिए। सार्कलाई निष्क्रिय पारेर आसियानलाई अगाडि बढाउन खोजिरहेको भारत आफैंले सार्कलाई ब्यँुताउने भूमिका निर्वाह गर्नुलाई संकटले निम्त्याएको सकारात्मक परिदृश्य मान्न सकिन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

कोभिड–१९ विरुद्धको लडाइँ जित्न मानवजाति पक्ष विपक्षमा उभिएर होइन, एकताबद्ध भएर उभिनु पर्ने अनिवार्य आवश्यकतालाई संसारभरका सरकार प्रमुखलाई सम्झाइदिएको छ। आफूलाई शक्तिशाली ठान्ने र कमजोरलाई गणना नै नगर्ने शक्ति राष्ट्र पनि साना राष्ट्रसँग सहकार्य गर्नुपर्ने आवश्यकता बोध गर्न थालेका छन्। 

मानवजातिका लागि अहिलेको एजेण्डा भनेको कोभिण्ड–१९ विरुद्ध लड्ने नै हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा एजेण्डा मिल्नेहरुका बीचमा एकता हुनु स्वाभाविक हो। एकता शक्ति आर्जन गर्ने माध्यम हो। मानवजातिको शक्तिलाई बलियो बनाउन पनि पक्ष विपक्षमा होइन, एकताबद्ध भएर कोभिड–१९ विरुद्ध लड्नु आजको आवश्यकता हो । 

नेदरल्याण्ड्सका प्रधामन्त्री मार्क रुटले कोभिड–१९ विरुद्ध लड्न राष्ट्रिय एकता कायम राख्न आफ्नै पार्टीका स्वास्थ्यमन्त्रीलाई हटाएर विपक्षी दलका सांसद भ्यान रिजलाई नयाँ स्वास्थ्यन्त्रीका रुपमा नियुक्त गरेका छन्। नेपालमा पनि २०७२ बैशाखमा विनासकारी भूकम्प आउँदा तत्कालीन विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकता कायम गरेर भूकम्पले निम्त्याएका दुष्परिणामबिरुद्ध लड्न तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई सहयोग गरेका थिए।

त्यतिबेला सरकारविरुद्ध संघर्ष गरिरहेको विपक्षी दलको नेताको हैसियतमा प्रचण्डले सरकारको समर्थनमा व्यवस्थापिका संसदमा गरेको सम्बोधन अहिले पनि सम्झनलायक छ। नेपालमा सरकारले चालेका कदमलाई प्रमुख प्रतिपक्षी दल र नागरिकले सहयोग गरेका छन् । बिपक्षी दल र नागरिकका सुझाव र सल्लाहलाई ग्रहण गर्दै महामारीबिरुद्ध लड्ने नीति, योजना र कार्यक्रम बनाएर राष्ट्रलाई नै एकताबद्ध बनाउनुको विकल्प छैन। 

जुन व्यक्तिले आफू बाँच्न र आधुनिक समाज सिक्न संघर्ष गरेको हुन्छ, उसले नै प्रगति गर्ने हो। समाजमा आफनो उपस्थिति देखाइराख्न उसले एकपछि अर्को संघर्ष र मेहनत गरिाख्नुपर्छ । अभावका बीच अगाडि बढेको उसको जीवनमा प्रगति पनि एकपछि अर्को गरेर थपिँदै जान्छ। बसाइँसराइ गर्दै जाँदा पनि उसले आफूलाई स्थापित गराउन संघर्ष र मेहनतको मात्रा बढाउँदै लैजानुपर्ने हुन्छ। त्यसले गर्दा उसको प्रगति दिगो हुन्छ। किनकि उसको धरातल नै बलियो हुँदै गएको हुन्छ । धनी परिवारमा हुर्किएको व्यक्तिको जीवनमा अभाव हुँदैन, उसका आधारभूत आवश्यकता परिवारले परिपूर्ति गरिदिँदै गएको हुन्छ। त्यस्तो व्यक्ति जन्मँदै आधुनिक भएर जन्मिएको हुन्छ । बसाइँसराइ गर्दा पनि उसको जीवन खासै संघर्षपूर्ण हुँदैन। 

आफ्ना नागरिकका लागि आधारभूत आवश्यकता परिपूर्ति गराउन संघर्ष गर्दै आएका विकासोन्मुख मुलुकभन्दा धनी र शक्तिशाली मुलुक विपद र महामारीका बेला छिटो आत्तिन्छन्। विकासोन्मुख मुलुकका नागरिक अभाव, पीडा र छटपटाहटमा हुन्छन्, उनीहरुका लागि सुख र खुसीका दिन थोरै हुन्छन् भने धनी र शक्तिशाली मुलुकका नागरिकमा अभाव र पीडा कमै हुन्छन्। शिक्षा र स्वास्थ्यजस्ता विषयलाई सरकारले नै जिम्मा लिइदिएको हुन्छ। त्यसैले आफ्नो आम्दानी आफ्नै लागि खर्च गरिरहेका हुन्छन्, विकसित मुलुकका नागरिक।

विकासोन्मुख मुलुकका नागरिकमा जति रोग प्रतिरोधात्मक क्षमता विकसित मुलुकका नागरिकमा कम हुन्छ। विकासोन्मुख मुलुकको स्वास्थ्य सेवा प्रणाली कमजोर हुन्छ भने विकसित मुलुकको स्वास्थ्य सेवा प्रणाली बलियो हुन्छ । त्यसैले विकासोन्मुख मुलुकका नागरिक सरकारभन्दा बढी सचेत र जागरुक हुन्छन्। नेपालमा पनि कोरोना संक्रमितसँगै यात्रा गरेको व्यक्तिको खोजीमा सरकारभन्दा पहिले नागरिक नै उत्रिएको दृष्टान्त हाम्रासामु छन्। विकसित मुलुकका नागरिक सरकारमा भर पर्छन् भने विकासोन्मुख मुलुकका नागरिक सरकारको मात्रै भर परेर बस्दैनन् । विकासोन्मुख मुलुकका नागरिक आफनो सुरक्षा आफैं गर्न अग्रसर हुन्छन्। जुन नेपालमा पनि देखिएको छ।  

मानवताबिरुद्ध उभिएको कोभिड–१९ भाइरसको संक्रमणमा परेका यूरोप अमेरिकाका नागरिकको संख्या र एसियाका नागरिकको संख्याले पनि यस्तै बताउँछ। यूरोप, अमेरिकाका नागरिक जति प्रभावित भएका छन्, त्यो तुलनामा एसियाका नागरिक कम प्रभावित छन्। यद्यपि कोभिड–१९ को संक्रमण एसियाको चीनबाट सुरु भएको हो। चीनले कोभिड–१९ विरुद्धको लडाइँमा आफूलाई सफल बनाउँदै लगेको छ।

अहिलेको विश्वमहाशक्ति राष्ट्र अमेरिकालाई आर्थिक रुपमा उछिन्ने गरी आफूलाई विकसित गर्न चीन संघर्ष गरिरहेको छ। कोभिड–१९ विरुद्धको संघर्षमा विश्व समुदायको सहयोग खोज्दा चीन उल्टो मजाकको शिकार बन्यो।  चीनले चालेका कदमको खिसीटिउरी भयो। तर, अहिले चीनले आफ्ना नागरिकलाई कोभिड १९ बाट बचाउँदै विश्व समुदायलाई सहयोग गर्न थालिसकेको छ। चीनको सहयोगविना यूरोप र अमेरिका कोभिड–१९ विरुद्धको संघर्षमा विजय हासिल गर्न सक्ने अवस्था देखिएको छैन। 

कोभिड १९ विरुद्धको संघर्षमा विश्व मानवसमुदायलाई एकताबद्ध गराउँदै लगेको छ। जुन सकारात्मक पक्ष हो । मानवसमुदायको एकताले मात्रै कोभिड १९ लाई परास्त गर्न सकिन्छ। संसारभर विकास भएका ज्ञान र सीप चिकित्सकमा प्रसार गर्न अनलाइन प्रणालीलाई व्यवस्थित बनाउन आवश्यक छ । सूचना प्रविधिको विकासले एउटा मुलुकमा आर्जन गरिएको ज्ञान र सीपलाई अर्को मुलुकमा प्रसार गर्न सक्दा कोभिड १९ विरुद्ध लड्न सकिन्छ । यो एकता मानव समुदायको हितमा प्रयोग गर्न विश्वभरका सरकार प्रमुखमा नयाँ जागरण पैदा गरिदियो भने त्यसै विश्व मानव समृद्धिमा योगदान नै पुग्नेछ। 

(लेखक सापकोटा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार हुन्)
 

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १३:४१
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति?
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति? सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्