• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

क्लोरोक्वीन र एजिथ्रोमाइसिनको सेवनले कोभिड–१९ निको हुन्छ ?

दीपक अधिकारी बुधबार, चैत १२, २०७६  २०:२९
1140x725

हालसम्म नेपालमा तीन जनालाई कोभिड–१९ देखापरेको छ । चीनको वुहानबाट नेपाल फर्केका एक ३१ वर्षिय विद्यार्थीलाई देखिएको २ महिनापछि फ्रान्सबाट आएकी एक १९ वर्षिय युवती र खाडी राष्ट्रबाट फर्किएका एक कामदारलाई उक्त रोग देखापरेको हो । विश्वभरि नै महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसबारे आम मानिसमा जानकारीको कमी छ जसले गर्दा अपुष्ट सूचना र गलत सन्देश खासगरी सामाजिक सञ्जालमार्फत फैलिने क्रम जारी छ । फेसबुक, ट्वीटर र ह्वाट्स एपमा फैलिएका केही भ्रामक र अपुष्ट सूचनाको हामीले तथ्य जाँच गरेका छौँ ।

क्लोरोक्वीन र एजिथ्रोमाइसिनको सेवनले कोभिड–१९ निको हुन्छ ?

कोरोना भाइरसबाट उत्पन्न भई कोभिड–१९ बाट संक्रमित बिरामीलाई निको पार्ने औषधि अहिलेसम्म पत्ता लागेको छैन । अहिलेसम्म चिकित्सकहरुले संक्रमित व्यक्तिलाई पर्याप्त अक्सिजन दिने, ज्वरो नियन्त्रण गरी रोगीको प्रतिरोधात्मक क्षमतालाई संक्रमणसँग लड्न मद्दत गर्ने उपाय अपनाउँदै आएका छन् ।

तर सामाजिक सञ्जालमा क्लोरोक्विन भनिने मलेरिया विरुद्धको औषधि र एजिथ्रोमाइसिन नामक एन्टि बायोटिक (अर्थात् जीवाणु मार्ने) औषधिको सेवन गरेमा कोभिड–१९ निको हुने दावी गरिएको छ । यी दुवै औषधि सँगै सेवन गरेमा मुटुको धड्कन बढ्ने वा ढिलो हुने डा बिशाल ज्ञवाली बताउँछन् । “यो सुझाव तथ्यपरक नभएको र तिनको प्रभावकारिता पनि प्रमाणित नभएकोले मलाई ती दबाई सुझाउनु उचित लाग्दैन,” उनले साउथ एसिया चेकलाई बताए ।

जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनको एक शोधमा यी औषधिले कोभिड–१९ बाट हुने संक्रमण रोकथाम गर्छ भन्ने निचोडमा पुग्न आवश्यक पर्ने र्याण्डमाइज क्लिनिकल ट्रायलबाट उपलब्ध पर्याप्त तथ्यांक नभएको बताइएको छ ।

वैज्ञानिकहरु यसको उपचार खोज्न अहोरात्र खटिरहेकाे भने सत्य हो । यसको उपचारका लागि दर्जनौ औषधिमाथि अनुसन्धान भइरहेको न्यु योर्क टाइम्सको एक आलेखमा जनाइएको छ । विश्व स्वास्थ्य संगठनले चारवटा सबैभन्दा सम्भावनायुक्त उपचारको परीक्षण गरिरहेको साइन्स पत्रिकाले जनाएको छ ।

 

कोराना भाइरस केमा कति समयसम्म जीवित रहन्छ ?

nimb
nimb
Ncell 2
Ncell 2

कोरोना भाइरस एक लचिलो र छिटो फैलिने भाइरस हो भन्नेमा वैज्ञानिकहरु एकमत देखिन्छन् । तर यो भाइरस नयाँ भएकाले कुन कुन माध्यमबाट कसरी फैलिन्छ भन्ने कुराको प्रष्ट जवाफ छैन । त्यसैगरी विभिन्न वस्तुको सतहमा कति समय जीवित रहन्छ भन्ने विषय पनि शोध अनुसन्धानको कमीका कारण अस्पष्ट थियो । तर नील्ट्जे भ्यान डोरेमाले सहितका वैज्ञानिकको टोलीले गरेको न्यु इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित लेखमा कोरोना भाइरस हावामा उडेर आउने थुकका कण र सतहमा केही घण्टादेखि कैयाै दिनसम्म रहनसक्ने बताएका छन् । वैज्ञानिकहरुले उक्त भाइरस हावामा ३ घण्टासम्म, तामामा ४ घण्टासम्म, कार्डबोर्डमा २४ घण्टासम्म र प्लास्टिक र खिया नलाग्ने स्टिलको सतहमा २ देखि ३ दिनसम्म जीवित रहन सक्ने बताइएका छन् ।

बीबीसीले हालै प्रकाशित गरेको एक आलेखका अनुसार ६२ देखि ७९ प्रतिशतसम्म अल्कोहल भएको स्यानिटाइजर वा यस्तै सामग्रीले सतह सफा गरेमा कारोना भाइरस निष्क्रिय हुन्छ ।सार्स र मर्स भनिने उस्तै भाइरसमाथि गरिएको एक अध्ययनले कुनै वस्तुको सतहमा यससँग मिल्दोजुल्दो भाइरस ९ दिनसम्म रहने जनाएको छ । तर उक्त वस्तुको प्रकार, तापक्रम र आर्द्रतामा धेरै कुरा भर पर्ने विज्ञहरुको ठहर छ ।

काेराेना भाइरसबारे भ्रमकाे तथ्य जाच
 

घाममा लुगा सुकाउँदा कोरोना भाइरस मर्छ ?

घामको तापका कारण यो भाइरस मर्ने प्रमाणित तथ्य होइन । लुगामा कोरोना भाइरस ५–६ घन्टासम्म रहन्छ तर घामको तापले यो मर्छ भन्ने अहिलेसम्म पुष्टि भइसकेको छैन । “घाम लागेका बेला भाइरसको वृद्धिमा कमी आउने कुरा सत्य हो । तर लुगा सुकाउँदैमा यो भाइरस मर्छ भन्ने आधार अहिलेसम्म छैन,” डा पुष्पमणि खरालले साउथ एसिया चेकलाई बताए । तर उनले कतै भीडभाडमा गइएको छ भने लुगा धोएर सुकाउने सुझाव दिए ।

तातोपानीले नुहायो भने कोरोना भाइरस सर्दैन ?

अधिकांश मानिसले २७–२८ डिग्रीसम्मको तातोपानीमा नुहाउँछन् । तर कोराना भाइरस ५०–६० डिग्री तापक्रममा मात्र मर्ने अहिलेसम्मका अनुसन्धानमा देखिएको छ । त्यसैले तातोपानीले नुहाउँदा यो भाइरसको संक्रमण हुँदैन भन्ने कुरा प्रमाणित हैन । “हाम्रो छाला वा शरीरको कुनै भाग यसबाट संक्रमित भएमा साबुन पानीले धुनु नै सबैभन्दा उत्तम उपाय हो,” डा खरालले भने “यसबाट बच्न धेरै तातो पानीले नुहाउँदा झन् दुर्घटनाको जोखिम बढ्छ ।”

कोरोना भाइरस फलफुल, सागसब्जी वा खानाबाट सर्छ ?

यदि कोभिड–१९ बाट संक्रमित व्यक्तिले खोक्दा तपाईको खानेकुरामा उसको थुक पर्यो वा उसको जुठो तपाईले खानुभयो भने यो सर्नसक्छ । मुख्य कुरा यस भाइरस मिश्रित थोपा (खाेक्दा वा हाछ्युँ गर्दा) तपाईको मुख, नाक वा आँखामा परेमा संक्रमणको सबैभन्दा धेरै जोखिम हुन्छ । तर बारीबाट टिपेर ल्याइएका सब्जी तरकारी वा प्याकेटमा आउने सामानमा जोखिम एकदमै कम हुने विज्ञहरु बताउँछन् । यद्यपि यो एउटा नयाँ भाइरस भएकोले यसबारे धेरै कुरा ठोकुवाका साथ भन्न गाह्रो छ । पछिल्ला अध्ययनहरुले हामीलाई यसबारे बुझ्न र यसको रोकथाम गर्न मद्दत गर्नेछन् ।

साभार: साउथ एसिया चेक

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  २०:२९
  • ##coronaupdate
  • ##factcheck

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्