काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड- १९)को संक्रमण रोकथाम र जोखिम न्यूनिकरणका लागि नेपाल सरकारलाई एक करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
मंगलबार बसेको सञ्चालक समितिको बैंठकले एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए।
मानवीय विपदको घडीमा देशमा कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम, रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको पहलकदमीलाई साथ दिन उक्त रकम सहयोग गर्न लागेको श्रेष्ठले जनाए। कोरोनाको जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले निर्धारण गरेको कोषमा जम्मा हुने गरी उक्त रकम प्रदान गरिने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।