काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले आफूविरुद्ध पार्टीभित्रबाट दुष्प्रचार भइरहेको बताएका छन्।
पार्टीको संस्थापनपक्षसँग असन्तुष्ट नेता रावलले उक्त समूहले दिमागमा गुटबन्दी राखेर दुष्प्रचारमा रमाएको आरोप लगाए।  ट्वीटरमा नेता रावल लेख्छन्,‘दिमागमा गुटबन्दी र परपीडनको भाइरस भएकाहरू भ्रम र दुष्प्रचारको खेती गरेर आत्मरतिमा रमाउँदै विनाशको धूप बाल्दैछन्।’
रावलले आफूविरुद्ध हल्ला नियोजित रुपमा चलाइएको उल्लेख गरेका छन्। ‘मेरो कोही सल्लाहकार छैन।हल्लाकारहरूको हल्ला नियोजित हो,’ उनी लेख्छन्,‘देश कोरोना भाइरसका विरूध्द जुझिरहेछ र ठप्प छ। यस्तो कुकृत्यमा नलाग्नु स्वास्थ्यका लागि राम्रो हुन्छ।’
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।