काठमाडौं- नेपालका लागि चिनिया राजदुत होउ यान्छीले चीन नेपालको साथमा रहेको बताएकी छन्। नेपालमा सोमबार कोरोना भाइरसको नयाँ संक्रमित देखिएपछि सरकारले लकडाउनको निर्णय गरेपछि टुइट गर्दै उनले चीन नेपाललाई सहयोग गर्नका लागि मेडिकल सामग्रीहरू मिलाउँदै गरेको र साथमा रहेको बताएकी हुन्।
विश्वमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यसअघि नै चीनले नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गर्दै आवश्यक सहयोगको सूची मागेको थियो। सोअनुसार नेपालले आइसियूसहितका सामानको सूची चीनलाई बुझाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।