काठमाडाैं- ग्लोबल आइएमई बैंकले कोरोना भाइरस (कोभिड– १९) रोकथाम तथा नियन्त्रण गर्न सरकारले सञ्चालन गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।
काेराेना भाइरसले विश्वलाई त्रसित बनाइनुका साथै नेपालसमेत उच्च जोखिममा रहेकाले सरकारसँग हातेमालो गर्न उक्त रकम उपलब्ध गराउन लागेकाे बैंकले जनाएको छ।
स्थापनाकालदेखि नै दैवी प्रकोप तथा अन्य विपतकाे समयमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।