काठमाडौं- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले कोरोना भाइरसको संक्रमण हुन सक्ने खतरालाई मध्यनजर गर्दै सम्भव भएसम्मका खेलकुद कार्यक्रम नगर्न आग्रह गरेको छ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मासहितको बैठकपछि राखेपले खेलकुदका प्रतियोगिता लगायतका कार्यक्रमहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि सम्भव भएसम्मका कार्यक्रमहरु स्थगित गर्न भनेको हो।
‘अहिलेको अवस्थामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरु सञ्चालन गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीतिगत निर्णयको सीमाभित्र रही युवा तथा खेलकुद मन्त्रालयसँग समन्वय गरी परिषद्ले सम्पूर्ण खेल संघ, संस्थाहरु तथा सरोकारवालाहरुलाई सोही अनुरुप गर्न गराउन आवश्यक व्यवस्था मिलाउने जानकारी गराउन चाहन्छौँ’ राखेपले विज्ञप्तीमार्फत जनाएको छ।
‘नोभल कोरोनाको संक्रमण हुन सक्ने अति संवेदनशिलतालाई ध्यानमा राखी परिषद् र अन्तर्गत सञ्चालन गरिने अत्याधिक भिडभाड हुने सबै किसिमका खेलकुदका प्रतियोगिता लगायतका, कार्यक्रमहरु अर्को सूचना प्रकाशित नभएसम्म सम्भव भएसम्मका कार्यक्रमहरु स्थगित गर्न सूचित गरिन्छ’ विज्ञप्तीमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।