काठमाडौं– बलात्कारको आरोप लागेका नेपाल प्रहरीका पूर्वडिएसपी राजकुमार खिउजू पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले खिउजु पक्राउ गरिएको पुष्टि गरे। ‘हामीले भक्तपुरबाट उहाँलाई पक्राउ गरेका छौं। अब अनुसन्धान सुरु हुन्छ,’ एसएसपी राईले भने।
खिउजूविरुद्ध बलात्कार गरेको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरमा गत माघ २३ गते किटानी जाहेरी दर्ता भएको थियो। त्यसपछि जिल्ला अदालतबाट पुक्राउ पूर्जी जारी भएको थियो। ललितपुरकी एक युवतीले दिएको किटानी जाहेरी दर्ता गराएकी थिइन्।
जाहेरी दिने युवतीमाथि बलात्कार भएको हो/होइन भनेर स्वास्थ्य परीक्षण गरिएको थियो।
प्रहरी रिपोर्ट बनाउन गत मंसिरको अन्तिम साता महानगरीय प्रहरी वृत्त चापागाँउ पुगेकी ती युवतीलाई खिउजूले रिपोर्ट बनाइदिने आश्वासन दिँदै जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ।
सम्बन्धित समाचार :
पूर्व डिएसपी खिउजूविरूद्ध बलात्कार गरेको भन्दै जाहेरी दर्ता
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।