• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

भारतको लज्जास्पद हारमा न्युजिल्याण्डको योजना : हरेक ब्याट्सम्यानलाई एक बलर

64x64
नेपाल लाइभ मंगलबार, फागुन २०, २०७६  १४:४०
1140x725

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेटमा भारतका कप्तान विराट कोहलीलाई सबैभन्दा बढी आउट गर्ने बलर हुन्, न्युजिल्याण्डका टिम साउथी। यसैले न्युजिल्याण्डविरुद्ध जतिबेला कोहली क्रिजमा हुन्छन् बलिङमा साउथी देखापर्छन्। भारतविरुद्धको टेस्ट सिरिजमा न्युजिल्याण्डले क्लिन स्वीप गर्दा पनि ठीक त्यस्तै देखियो। 

वेलिङटनमा भएको पहिलो टेस्टमा न्युजिल्याण्डले भारतलाई १० विकेटले हराएको थियो। क्रिस्टचर्चमा भएको दोस्रो टेस्ट ७ विकेटले जित्दै न्युजिल्याण्डले सिरिज क्लिन स्वीप गर्‍यो। पहिलो टेस्टको पहिलो इनिङमा साउथीले विराटलाई बलिङ गर्न पाएनन्। किनभने ७ बल मात्र खेलेका कोहली २ रनमा नै केल जेमिन्सनको बलमा आउट भइहाले। 

पहिलो टेस्टको दोस्रो इनिङमा ब्याटिङमा विराट कोहली आउनेवित्तिकै बलिङमा टिम साउथी आइनै हाले। पहिलो ड्रिङ्स ब्रेक अघि चेतेश्वर पुजारालाई ट्रेन्ट बोल्टले बोल्ड आउट गरिदिएका थिए। ड्रिङ्स ब्रेक सकिएपछि कोहली ब्याटिङमा देखिए भने बलिङमा आए साउथी। 

साउथी भर्सेस कोहलीलाई हेर्दा ३२ बलमा १६ रन भएको थियो। कोहलीले सिरिजमा नै हेर्दा सबैभन्दा बढी ज्यामिन्सनको ४५ बलको सामना गरेको देखिन्छ। पहिलो इनिङमा कोहली जसरी आउट भएका थिए, दोस्रो इनिङमा पनि ज्यामिन्सन त्यही शैलीमा बलिङ गर्दै थिए। प्राय त सट बल फालेर कोहलीलाई पछाडि हटेर नै खेल्न बाध्य पारिरहेका थिए। 

सिरिजभर हेर्दा कोहलीले बोल्टको जम्मा आठ बलको सामना गरे। किनभने धेरै भिन्न बलरलाई खेल्ने गरी कोहली लामो समय क्रिजमा टिक्दै टिकेनन्। अर्को त को ब्याट्सम्यानलाई को बलर खेलाउने भन्ने न्युजिल्याण्डको स्पष्ट योजना थियो। साउथीले सबैभन्दा बढी ८१ बल अजिन्का राहानेविरुद्ध गरेका थिए। यस्तै बोल्टले पुजाराविरुद्ध ९९ बल गरेका थिए। 

फास्ट बलिङलाई लिएर भारतविरुद्ध आफूहरुले बनाएको योजनामा न्युजिल्याण्डका प्रशिक्षक ग्यारी स्टिड भन्छन्- ‘हामीले टिमलाई एकरुपमा अघि बढाउन नयाँ शैलीहरु अपनाएका थियौँ। हामीले स्पिनर खेलाउँदा पनि अलराउण्डर होस् भन्ने सोचेका थियौँ। तर दोस्रो टेस्टमा पाँच जना फास्ट बलरलाई खेलायौँ। कुनै बेला त्यसको ब्यवस्थापन अप्ठ्यारो पर्न सक्ने भए पनि केन विलियम्सनले निकै राम्रो कप्तानी गरेकाले कठिन भएन।’ 

एकै रुपमा बलर र ब्याट्सम्यानलाई त्यसरी मिलाएर खेलाउनु सधैँ उपयुक्त नहुन पनि सक्छ। भारतले त्यस्तो सिरिजभर गरेन पनि। दुवै टेस्टमा उनीहरुसँग तीन जना फास्ट बलर मात्र खेलेका थिए। तर न्युजिल्याण्डसँग पहिलो टेस्टमा चार जना र दोस्रो टेस्टमा पाँच जना फास्ट बलर थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

फास्ट बलर नै भए पनि उनीहरु सबैको फरक शैली पनि न्युजिल्याण्डको राम्रो पक्ष थियो। साउथीको नयाँ बलमा स्वीङ, जेमिन्सनको बाउन्स, कोलिन डे ग्रान्डहोमको मिडियम पेस र दुई देब्रे हाते बोल्ट र वाग्नरको पनि भिन्न शैली रह्यो। उनीहरुको तरिका भिन्न भए पनि सबैले सम्हालिएर बलिङ गर्ने र लाइन लेन्थ मिलाउने काम भने राम्ररी गरे। 

बलरको खुबीले गर्दा नै उनीहरुले ब्याट्सम्यान हेरेर बलरको प्रयोग गर्न पाए। त्यसले भारतीय ब्याट्सम्यानले टिकेर खेल्ने अवसर नै पाएनन्। उनीहरु हरेक इनिङमा झण्डै उस्तैगरी आउट भए। दोस्रो टेस्टमा मयङ्क अग्रवाललाई बोल्टले उसैगरी एलबिडब्ल्यू आउट गरे। पुजारालाई पनि सिरिजमा दुईपटक बोल्टले नै लेफ्ट आर्म ओभर बलमा आउट बनाए। कोहली दुई पटक एलबिडब्लू आउट हुँदा बल उस्तै नै थियो, सरफेसभन्दा बाहिर स्वीङ गरिएको बलमा। 

न्युजिल्याण्डले विलिङटन र क्रिस्टचर्चको पिचको अवस्था पनि राम्ररी बुझेर आफ्ना बलरहरु प्रयोग गरेको थियो। न्यु्जिल्याण्डको फास्ट बलिङको अट्याकमा विशेष त सट बल नै भारतीय ब्याट्सम्यानको मुख्य समस्या देखियो। खराब बल कुरेर सट खेल्ने भारतीय शैली न्युजिल्याण्डविरुद्ध देखिन सकेन। त्यही बलिङ शैली भारतीय फास्ट बलरले भने पछ्याउन सकेनन्। 

पहिलो टेस्टको पहिलो इनिङमा भारत १ सय ६५ रनमा नै अलआउट भयो। जहाँ न्युजिल्याण्डले पहिलो इनिङमा ३ सय ४८ रन बनायो। भारत दोस्रो इनिङमा १ सय ९१ रनमा नै अलआउट भएपछि न्युजिल्याण्डले ९ रनको मात्रै लक्ष्य पायो र १० विकेटले खेल जित्यो। 

Xtrem

Xtrem

दोस्रो टेस्टको पहिलो इनिङमा भारत २ सय ४२ रनमा अलआउट भयो। न्युजिल्याण्डले आफ्नो पहिलो इनिङमा २ सय ३५ रन मात्रै बनाउन सक्यो। भारत दोस्रो इनिङमा भने १ सय २४ रनमै अलआउट भयो र न्युजिल्याण्डले १ सय ३२ रनको लक्ष्य तीन विकेट गुमाएर भेट्टायो। 

‘यो सिरिजमै हाम्रो खेल निकै बिग्रिएको हो’ भारतका कप्तान विराट कोहली भन्छन्, ‘हामी चाहिने जस्तो सकरात्मक पनि हुन सकेनौँ र सम्हालिएर खेल्न पनि सकेनौँ।’ 

दुई टेस्टको चार इनिङ हेर्दा कोहलीको आफ्नै उच्च स्कोर १९ रन मात्रै रह्यो। यसले विश्व टेस्ट च्याम्पियनसिपमा शीर्ष स्थानमा रहेको भारतलाई धक्का लाग्यो। 

यो पनि पढ्नुहोस

आईसीसीको नयाँ योजना : के हो विश्व टेस्ट च्याम्पियनसिप ?

 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  १४:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको १५औं महाधिवेशन आजदेखि, आठ स्थानमा सवारीसाधन पार्किङको व्यवस्था
व्यवसायी खुमा अर्याल कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा
सम्बन्धित सामग्री
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाड क्रिकेटमा स्वर्ण पदक शनिबार भएको फाइनलमा भारतले दिएको २१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९२ रन मात्रै बनाउन सक्यो । शनिबार, असोज १७, २०८३
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यिय टोलीको घोषणा गरेको हो । शुक्रबार, असोज १६, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने आईसीसी एकदिवसीय विश्वकप २०२७ को खेलतालिका सार्वजनिक भएसँगै भारत र पाकिस्तानबीच हुने बहुप्रतीक्षित खेलको मिति पनि तय भएको छ। शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेसको १५औं महाधिवेशन आजदेखि, आठ स्थानमा सवारीसाधन पार्किङको व्यवस्था आइतबार, असोज १८, २०८३
व्यवसायी खुमा अर्याल कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
इतिहासमा कांग्रेस, नेपाली कांग्रेस : एउटा आह्वानबाट बनेको पार्टी आइतबार, असोज १८, २०८३
भाडाको कार्यालय छाडेर आफ्नै भवन खोज्दै रास्वपा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्