एजेन्सी–बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कटरिना कैफविच डेट चलिरहेको समाचार बाहिरिएको लामै समय भयो। तर यी दुबै आफ्नो सम्बन्धबारे मौन नै छन्।
यी दुबैका फ्यानहरुले जोडि मन पराएर मिस्टर एण्ड मिसेस कुशाल भन्न थालिसकेका छन्। तर दुबै आफ्नो सम्बन्धबारे केही खुलाउने मुडमा देखिएका छैनन्।
प्राय सार्वजनिक कार्यक्रमहरुमा यी दुबै संगै देखिन थालेका छन्। जि सिने अवार्ड कार्यक्रममा त कटरिना विक्कीको हातमा हात राखेर सँगै कार्यक्रममा सहभागी भएकी थिइन्। त्यही दृष्यले यी दुबैको सम्बन्धबारे जे चर्चा चलिरहेको छ त्यो फगत चर्चा मात्रै हैन भन्ने देखिएको थियो। पछिल्लो समय सार्वजनिक भएको खवर अनुसार विक्की कटरिनालाई भेट्न उनको घरै जाने गरेका छन्।
उनी कटरिनाको घर जाँदा आफ्नो पहिचान लुकाउँछन्। कहिले उनी हुड लगाएर पुग्छन् त कहिले मास्क लगाएर। उनी लुकिलुकी कटरिनालाई भेट्न जाने गरेको खुलेसँगै उनीसँग मिडडेले जिज्ञासा राखेको थियो । जसबारे उनले भने‘ म मेरो नीजि जिन्दगीबारे बोल्न चाहन्न।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।