काठमाडौं- च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले घरेलु टोली नापोलीसँग बराबरी खेलेको छ।
पहिलो हाफमा १–० गोलले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा गोल गर्दै बराबरी खेलेको हो। खेलको ३०औं मिनेटमा ड्राइज मेर्टेन्सले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता बनाएको नापोलीले दोस्रो हाफमा जोगाउन भने सकेन।
खेलको ५७औं मिनेटमा एन्टोइनी ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरी दिलाएका थिए।
बराबरीसँगै बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनले अब घरेलु मैदानमा हुने खेलको लागि फोकस गर्ने बताए।
च्याम्पियन्स लिगकै अर्को खेलमा बायर्न म्युनिखले चेल्सीलाई ३–० गोलअन्तरले पराजित गरेको छ। पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा चेल्सीको पोष्टमा बायर्नले तीन गोल गर्न सफल भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।