काठमाडौं- विश्व–११ सँग हुने टि–२० क्रिकेट सिरिजका लागि नेपालका सन्दीप लामिछाने एसिया–११ टिममा परेका छन्। बंगबन्धुको १०० वर्ष पुगेको अवसरमा दुई खेलको टि–२० क्रिकेट सिरिज आउँदो महिना बंगलादेशको ढाकामा हुँदैछ।
बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले मंगलबार सार्वजनिक गरेको एसिया–११ मा नेपालबाट सन्दीप मात्रै परेका छन्। सबैभन्दा बढि खेलाडी भारतको रहेको छ। भारतका कप्तान विराट कोहलीसहित ६ खेलाडी टिममा परेका छन्। त्यस्तै, बंगलादेशबाट ४ खेलाडी पर्दा श्रीलंका र अफगानिस्तानबाट समान २–२ र नेपालबाट १ खेलाडी परेका हुन्। पाकिस्तानका भने कुनै खेलाडी एसिया–११ मा परेका छैनन्।
त्यस्तै, विश्व–११ को नेतृत्व दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले गर्ने छन्।
एसिया–११
केएल राहुल, शिखर धवन, विराट कोहली, ऋषव पन्त, कुलदीप यादव, मोहम्मद सामी, थिसरा परेरा, लासिथ मालिंगा, राशिद खान, मुजिब उर रहमान, मुस्ताफिजुर रहमान, तमिम इकबल, मुश्फिक्युर रहिमन, लिटोन दास र सन्दीप लामिछाने।
विश्व–११
एलेक्स हलेस, क्रिस गेल, फाफ डु प्लेसिस (कप्तान), निकोलस पुरन, रोस टायलर, जोन्नी बैरस्टोव, काइरोन पोलार्ड, आदिल राशिद, शेल्डन कट्रेल, लुन्गी नगिदी, एन्ड्रेव टाइ र मिचेल म्याक्लेनघम।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।