• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

नापोली-बार्सिलोना, चेल्सी-बायर्न म्युनिख : कस्तो छ च्याम्पियन्स लिग अवस्था? 

64x64
नेपाल लाइभ मंगलबार, फागुन १३, २०७६  १७:०५
1140x725

काठमाडौं- च्याम्पियन्स लिग अन्तिम १६ अन्तर्गत मंगलबार राति दुई खेल हुँदैछन्। जसमा इंग्लिस क्लब चेल्सीले जर्मन क्लब बायर्न म्युनिखविरुद्ध साथै स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीविरुद्ध खेल्दैछन्। 

नापोली र बार्सिलोनाबीचको खेल नापोलीको मैदानमा साथै चेल्सी र बायर्न म्युनिखबीचको खेल चेल्सीको मैदानमा हुनेछ। दुवै खेल नेपाली समयअनुसार राति पौने २ बजे हुने तय छ। 

गएको हप्ता च्याम्पियन्स लिग अन्तिम १६ अन्तर्गत नै भएका चार खेलमा एथ्लेटिको मड्रिडले लिभरपुललाई १–० ले हराएको थियो।

बोरुसिया डर्टमुन्डले पिएसजीलाई २–१ ले, एटलान्टाले भ्यालेन्सियालाई ४–१ ले साथै लिपजिगले टोटनह्यामलाई १–० ले हराएका थिए। 

यहि हप्ता बुधबार राति लायोनले युभेन्टसविरुद्ध र रियल मड्रिडले म्यानचेस्टर सिटीविरुद्ध अन्तिम १६ को पहिलो लेग अन्तर्गतका खेल खेल्नेछन्। 

नापोली भर्सेस बार्सिलोना
युरोपियन प्रतिस्पर्धामा नापोली र बार्सिलोना पहिलोपटक भेटिएका हुन्। यसअघि स्पेनिस क्लब रियल मड्रिडसँग १९८८ मा युरोपियन कप र २०१७ मा च्याम्पियन्स लिगमा भेट हुँदा नापोली पराजित भएको थियो। 

च्याम्पियन्स लिग नकआउट चरणमा बार्सिलोनाले इटालियन क्लबविरुद्ध अवे खेल २००६ को अप्रिलमा एसि मिलानलाई १–० ले हराएपछि जितेको छैन। त्यसपछि इटालीमा पाँच खेल खेलिसकेको बार्सिलोनाले १ खेल बराबरी खेलेको छ भने ४ खेल हारेको छ। त्यसमा पनि पछिल्लो चार खेलमा बार्सिलोना गोलविहीन समेत भएको थियो। 

नापोली अहिलेसम्म च्याम्पियन्स लिगमा अन्तिम १६ बाट अगाडि बढ्न नसकेको भए पनि बार्सिलोना भने गएको १२ सिजन लगातार अन्तिम १६ बाट माथि उक्लेको छ। बार्सिलोना पछिल्लो पटक अन्तिम १६ बाट बाहिरिएको २००७ मा लिभरपुलसँग पराजित भएर हो। 

Ncell 2
Ncell 2
nimb
nimb

बार्सिलोनाले च्याम्पियन्स लिग नकआउट चरणमा पछिल्लो आठ अवे खेलमा एक खेल मात्र जितेको छ। ती आठ खेलमा बार्सिलोनाले दुृई गोल मात्र गर्न सकेको छ भने १७ गोल खाएको छ। आठमा दुई बराबरी र पाँच खेलमा हार भोगेको बार्सिलोनाले २०१९ मा म्यानचेस्टर युनाइटेडको मैदानमा युनाइटेडलाई हराएको थियो। 

नापोली र बार्सिलोनाबीचको खेल दुवै प्रशिक्षकको पनि पहिलो च्याम्पियन्स लिग खेल हो। नापोली प्रशिक्षक गेनारो ग्याटुसो र बार्सिलोना प्रशिक्षक क्विके सेटियनले यसअघि च्याम्पियन्स लिग खेलमा प्रशिक्षण गरेका थिएनन्। 

के भन्छन् प्रशिक्षक?
ग्याटुसो, नापोली– उत्कृष्ट खेलाडीहरु रहेको उत्कृष्ट टिम बार्सिलोनाविरुद्ध खेल्दैछौँ। हामीलाई थाहा छ खेल कठीन हुनेछ तर आफूभन्दा राम्रो टिमविरुद्ध खेल्न पाउनु हामीहरुको लागि खुसीको कुरा हो। हामीमा कुनै डर भने छैन। बार्सिलोनाको खेलको सम्मान गर्दै हामी आफ्नै शैलीको फुटबल खेल्नेछौँ। 

सेटियन, बार्सिलोना– मैले खेलाडीहरुलाई जहिले पनि भनिरहेको हुन्छु कि विपक्षी टिमले निकै राम्रो खेल्नेछ भन्ने सोचेर हामी खेलमा जानुपर्ने हुन्छ। हरेक टिमले मैदानमा आफूले सक्ने प्रयास गर्नेछ। यो खेल पनि त्योभन्दा भिन्न हुने छैन। समूह चरणका खेलहरुमा पनि नापोलीले राम्रो गरेको हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चेल्सी भर्सेस बायर्न म्युनिख
चेल्सी र बायर्न म्युनिखले यसअघि २०१२ मा च्याम्पियन्स लिग फाइनल खेलेका थिए। जसमा चेल्सी टाइब्रेकरमा ४–३ ले विजयी भएको थियो। चेल्सी र बायर्नबीच यसअघिका चार खेल हेर्दा दुवै टिमले गरेर १७ गोल हानेका छन्। 

पछिल्लो १७ सिजनलाई हेर्ने हो भने च्याम्पियन्स लिग नकआउट चरणमा चेल्सी १४ पटक पुगेको छ। त्यसमा २०१४ को सिजनपछि पनि चेल्सी अन्तिम १६ बाट अगाडि बढ्न सकेको छैन। 

बायर्न म्युनिख लगातार १२औँ पटक च्याम्पियन्स लिग नकआउट चरणमा पुगेको हो। त्यसमा पछिल्लो आठ सिजनलाई हेर्दा बायर्न सात पटक अन्तिम १६ बाट अगाडि बढेको छ। 

जारी सिजन च्याम्पियन्स लिगमा पनि बायर्न म्युनिखको सर्वाधिक १८ अंक थियो। त्यसमा पनि १९ गोल बनाएको थियो। जुन समूह चरणमा बायर्नको सबैभन्दा राम्रो प्रदर्शन हो। 

मंगलबार राति बायर्न म्युनिखविरुद्धको खेलमा चेल्सीका महत्वपूर्ण मिडफिल्डर एन्जेलो कान्टे हुने छैनन्। घाइते रहेका उनी कम्तिमा तीन हप्ता मैदानबाहिर रहने बताइएको छ। क्रिष्टियन पुलिसिक, पेड्रो र क्यालम हडसन पनि नखेल्ने सम्भावना रहेको छ। यस्तै बायर्नका मिडफिल्डर निकालस सुले र फरवार्ड इभान पेरेसिक पनि घाइते रहेकाले मैदान बाहिर हुनेछन्। 

के भन्छन् प्रशिक्षक?
फ्रान्क लामपार्ड, चेल्सी– खेलाडीहरुले पूरा ध्यान लगाएर खेल्नुपर्ने हुन्छ। हामीले पाएको मौकामा गोलमा बढेर आक्रामण गर्ने रणनीति अपनाए पनि डिफेन्सिभ माइनसेट भने बनाइराख्नु पर्छ। समर्थकहरुले चेल्सीलाई यसपटक अन्डर डगका रुपमा पनि हेर्नेछन् किनभने बायर्न निकै बलियो टिम हो। उनीहरुको जति अनुभव हामीसँग छैन तर पनि नतिजा आफ्नो पक्षमा पार्न सक्छौँ। 

हान्सी फिल्क, बायर्न म्युनिख– युवा खेलाडीहरु रहेको चेल्सी राम्रो टिम हो। उनीहरु निर्धक्क खेल्नेछन् जुन उनीहरुको बलियो पक्ष हुनेछ। विशेष गरेर अट्याकमा बढ्दा नै उनीहरु डरविहीन लाग्छन् र तीब्र पनि छन्। डिफेन्सिभ कमजोरी देखिएको छ तर पनि टिमका रुपमा चेल्सीले राम्रो चुनौती दिनेछ। हामी विश्वस्त भएर अट्याकमा बढ्नुपर्ने हुन्छ। 
 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  १७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्