काठमाडौं- राष्ट्रिय भलिबल टिमका कुलबहादुर थापा र सरस्वती चौधरीले मनोरञ्जनरमण शर्मा अवार्ड पाएका छन्।
नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा आफैले स्थपाना गरेको अवार्डबाट पुरुषतर्फ कुलबहादुर र महिलातर्फ सरस्वती सम्मानित भएका हुन्। अवार्डसँगै दुवैले जनही ३५ हजार नगद प्राप्त गरे।
यहि अवसरमा बंगलदेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको विजेता महिला टिमका खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकलाई पनि शर्माले प्रोत्साहन स्वरुप जनही १० हजार नगद पुरस्कार प्रदान गरे।
नेपाल स्याटलाइट टेलिकम प्रा.लि. की अध्यक्ष अस्मिता सुमार्गी, अध्यक्ष शर्मा, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।