• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

म्यानचेस्टर सिटीलाई कारबाही किन? के होला क्लबको भविष्य? 

64x64
नेपाल लाइभ सोमबार, फागुन १२, २०७६  १६:५५
1140x725

काठमाडौं- इंग्लिस फुटबलमा यो सिजनकै सबैभन्दा ठूलो खबर हो- म्यानचेस्टर सिटीमाथिको प्रतिबन्ध। आखिर किन म्यानचेस्टर सिटीमाथि यति कडा कारबाही भयो त? 

जारी सिजनको च्याम्पियन्स लिगमा बिहीबार राति म्यानचेस्टर सिटीले रियल मड्रिडविरुद्ध अन्तिम १६ को पहिलो खेल खेल्दैछ। तर च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको उपस्थिति जितमा पनि खल्लो बन्ने भएको छ। किनभने जारी सिजन च्याम्पियन्स लिग उपाधि नै जिते पनि म्यानचेस्टर सिटी आउँदो दुई वर्ष च्याम्पियन्स लिगमा हुने छैन। 

म्यानचेस्टर सिटीलाई युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले दुई वर्षको प्रतिबन्ध लगाएको छ। सिटीले युइएफएको ‘क्लब लाइसेन्सिङ एण्ड फाइनान्सियल फेयर प्ले रेगुलेसन’ उल्लंघन गरेको बताइएको छ। जसले गर्दा सिटीलाई ३० मिलियन युरो जरिवाना तिराउने निर्णयसमेत भएको थियो। 

युइएफको ‘क्लब फाइनान्सियल कन्ट्रोल बडि’ को अनुसन्धानले म्यानचेस्टर सिटीले २०१२ देखि २०१६ सम्म स्पोन्सरमार्फत भएको आर्जन यकिन नदेखाएर छली गरेको बताइएको छ। 

क्लबमा वित्तिय अनुशासनको नियमअनुसार क्लबको आम्दानी र खर्चको अनुपात मिल्नुपर्ने हुन्छ। कुन कुन शीर्षकमा कति आम्दानी भयो भन्ने यकिन खुलाएर त्यसको आधारमा मात्रै खर्च गर्न पाउने अवस्थामा पनि म्यानचेस्टर सिटीको आम्दानी लुकेको बताइएको छ। बिशेष त खेलाडीको तलब र खेलाडी किनबेचमा खर्च हुने रकमको अनुपात क्लबको आम्दानी अनुसार धेरैथोरै हुने गर्दछ। 

सिटीमाथिको दुई वर्षको युरोपियन प्रतिस्पर्धामा प्रतिबन्धपछि २०२१ सम्मको सम्झौतामा क्लबमा रहेका प्रशिक्षक पेप गार्डिओला र च्याम्पियन्स लिगमा स्टार देखिने खेलाडीहरुले के गर्छन् भन्ने प्रश्न आइरहेका छन्। दुई वर्षको प्रतिबन्धमाथि थप अपिल गर्ने सिटीको तयारी भए पनि अहिलेसम्मको घटनाको विकास हेर्दा २०२२ सम्मका लागि सिटीमाथिको प्रतिबन्ध यकिन छ। 

क्लबमा २०२१ सम्मको सम्झौतामा क्लबमा रहेका प्रशिक्षक गार्डिओलाले के गर्छन् भन्ने प्रश्न बढिरहँदा उनले परिस्थिति जस्तो आए पनि क्लब नछाड्ने विषयमा साथीहरुसँग कुराकानी गरेको बताइएको छ। तर म्यानचेस्टर सिटीले प्रतिबन्धमाथि गर्ने अपिलको निर्णयले उनको भविष्य क्लबसँग कसरी जोडिन्छ भन्ने प्रष्ट पार्नेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

म्यानचेस्टर सिटीका मिडफिल्डर डेभिड सिल्भा यही सिजनको अन्त्यमा क्लब छाड्दै छन्। तर सिटी च्याम्पियन्स लिगमा फर्कने समयसम्म सम्झौता रहेका अरु खेलाडीले के गर्छन् भन्ने पनि अन्योल नै छ। प्रिमियर लिगका लागि मात्र उनीहरु क्लबमा जोडिएर रहन्छन् कि रहँदैनन् भन्ने प्रश्न जटिल छ। 

खेलाडीले के गर्लान् भन्ने प्रश्नको केन्द्रमा स्ट्राइकर सर्जियो अग्युरो देखिन्छन्। उनको सम्झौता पनि २०२१ मा नै सकिँदैछ। उनीसँगै लेरोए सानेको सम्झौता पनि सकिन्छ। २०२२ मा जोन स्टोन्स र निकोलस ओटामेन्डीको सम्झौता सकिन्छ। 
२०२२ भन्दा पछिसम्मको सम्झौतामा रहेका स्टार खेलाडीहरु केभिन डि ब्रायन, एडरसन, बर्नान्डो सिल्भा, रहिम स्टर्लिङ र रियाद महरेजबारे क्लबलाई सबैभन्दा समस्या पर्ने देखिन्छ। यदि प्रशिक्षक गार्डिओलाले छाड्ने हो भने धेरै खेलाडीहरु पनि क्लबमा बसिरहने छैनन्। 

यदि च्याम्पियन्स लिगमा सहभागी हुन नपाउने हो भने म्यानचेस्टर सिटीको आम्दानी पनि झण्डै १ सय मिलियन पाउण्डदेखि १ सय ५० मिलियन पाउण्डसम्म घट्ने अनुमान भइरहेका छन्। आम्दानीमा त्यसरी कमि आउँदा क्लबले धेरै महङ्गा खेलाडी राखिराख्न पनि चुनौती नै हुनेछ। 

अहिले म्यानचेस्टर सिटी लगातार नवौँ च्याम्पियन्स लिग खेल्दैछ। प्रिमियर लिग क्लबका लागि च्याम्पियन्स लिगको स्थान कुनै पनि वर्ष सुरक्षित देखिँदैन तर यदि दुई वर्ष च्याम्पियन्स लिगबाट बाहिर रहने हो भने म्यानचेस्टर सिटीलाई अहिलेको लयमा फर्कन पनि समस्या हुनेछ। 

लगातार दुई पटक च्याम्पियन्स लिग फाइनल खेलेर एक पटक विजयी भएको लिभरपुल २०१७ मा च्याम्पियन्स लिगमा नै थिएन। त्यसअघिको सिजन प्रिमियर लिगमा लिभरपुल आठौँ स्थानमा थियो। यसले पनि देखिन्छ, अवस्थाहरु कति छिटो परिवर्तन भइदिन्छ। 

फुटबलमा समय एउटै रहँदैन नै। आउने जाने प्रक्रिया चलिरहन्छ। उस्तै शीर्षमा रहने र तल झर्ने प्रक्रिया पनि एकै हुँदैन। तर अहिलेको म्यानचेस्टर सिटीबाट गार्डिओला बाहिरिन्छन् भने सिटीले आफ्नो फुटबल यही ढंगमा बढाउने एउटा समय भने गुमाउने छ। 

कारबाही हुने गरी सिटीले गरेको के हो त? 
वास्तवमा म्यानचेस्टर सिटी कारबाहीमा पर्नुको कारण हो लुकाइएको आर्थिक गतिविधि। व्यक्तिगत रुपमा भएका भुक्तानी र प्रायोजन सम्झौतामा भएका भुक्तानीहरु पनि स्पष्ट नभएको युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफको अनुसन्धानले देखाएको थियो। 

म्यानचेस्टर सिटीको कारोबारको सम्बन्धमा ‘फुटबल लिक्स’ ले विभिन्न कागजपत्रहरु सार्वजनिक गरेको थियो। विशेषतः जर्मन पत्रिका ‘डेर स्पाइगेल’ मा उक्त विषय पहिलोपटक आएको थियो। 

यसैले म्यानचेस्टर सिटीले आफूहरुविरुद्ध गलत नियतले केही समूह लागिपरेको र प्रतिष्ठामा आँच पुर्‍याउन गैरकानूनी रुपमा ह्याक गरेर कागजपत्रको गलत प्रयोग गरेको जनाइरहेको छ। सिटीले बाहिर आएका इमेलहरु पनि कारोबारमा आधारित इमेलहरु नभएको जनाएको छ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव?
चीनतर्फ बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता
संसद भवन परिसरमा जेन–जी पार्क तथा शालिक स्तम्भ शिलान्याश [फोटोफिचर]
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
चीनतर्फ बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता आइतबार, भदौ २१, २०८३
संसद भवन परिसरमा जेन–जी पार्क तथा शालिक स्तम्भ शिलान्याश [फोटोफिचर] आइतबार, भदौ २१, २०८३
जिल्ला अधिवेशन मिति सार्न सभापति थापाको प्रस्ताव आइतबार, भदौ २१, २०८३
राप्रपाका महामन्त्री शरदराज पाठकले किन छाडे पार्टी? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्