• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

बुद्ध गोल्डकप फुटबल २० वर्षपछि सुरु हुँदै

64x64
नेपाल लाइभ सोमबार, फागुन १२, २०७६  १३:१७
1140x725

भैरहवा- भैरहवाको पहिचानको रुपमा रहेको महात्मा बुद्ध गोल्डकप फुटबल प्रतियोगिता दुई दशकपछि हुने भएको छ।

विगत २० वर्षदेखि आर्थिकलगाएतका कारण आयोजना हुन नसकेको महात्मा बुद्ध गोल्डकप फुटबल प्रतियोगिताले यस वर्षदेखि निरन्तरता पाउने भएको छ। २०५५ सालसम्म निरन्तर आयोजना हुँदै आएको प्रतियोगिता त्यसपछि रोकिएको थियो।

सिद्धार्थनगर नगरपालिका भैरहवा तथा प्रफेक्ट स्क्वायड प्रालिको संयुक्त आयोजनामा आगामी चैत २ गतेदेखि भैरहवास्थित संघीय प्रहरी इकाई कार्यालयको खेलमैदानमा प्रतियोगिता हुन लागेकाे हाे। आयोजकले सोमबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले २० वर्षदेखि आयोजना हुन नसकेको प्रतियोगितालाई पुनःजीवन प्रदान गर्नुपर्छ भन्ने नगरपालिकाको धारणाअनुसार प्रतियोगिता सुरु गर्न लागिएको बताए। उनले प्रतियोगिता सञ्चालनका लागि गत वर्षको बजेट निर्माणकै क्रममा बजेट विनियोजन गरिएको बताए। उनले प्रतियोगिता सञ्चालन गर्न करिब ६५ लाख रुपैयाँ लाग्ने र खर्च व्यवस्थापनमा संरक्षक तथा व्यवस्थापकको रुपमा रहेको सिद्धार्थनगर नगरपालिकाले २० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिए। बाँकी रकम अर्को आयोजक संस्था प्रफेक्ट इभेन्ट स्क्वायड प्रालिले जुटाउने र आर्थिक श्रोत जुटाउन नगरपालिकाले समेत पहल गर्ने नगरप्रमुख अधिकारीले बताए।

प्रदेश ५ सरकारको जारी लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० पनि सुरु भइसकेको सन्दर्भमा प्रतियोगिताले नगरलाई थप चर्चामा ल्याउने उनले बताए। 'फुटबलको माध्यमबाट भविष्यमा सिद्धार्थनगरलाई खेलकुदको सहरको रुपमा पनि विकसित गर्दै बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन मद्दत पुग्ने हाम्रो विश्वास रहेको छ,' उनले भने।

Ncell 2
Ncell 2

विश्वमा भगवान गौतमबुद्धको नामसँग जोडिएर आयोजना गरिएको महात्मा बुद्ध गोल्डकप फुटबल प्रतियोगिता नै पहिलो फुटबल प्रतियोगिता भएको उनको भनाइ छ। प्रतियोगिता अब प्रत्यक वर्ष सञ्चालनमा आउने र त्यसका लागि नगरपालिकाले बजेटको व्यवस्थापन गर्ने नगर प्रमुख अधिकारीको दावी छ।

प्रतियोगितामा आयोजक टिमसहित भारत र नेपालका प्रतिष्ठित क्लब गरी ८ वटा टिमको सहभागिता रहने प्रफेक्ट इभेन्ट स्क्वायड प्रालिका सचिव रोशनसिंह खड्काले बताए। प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले ३ लाख तथा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट मिडफिल्डर र सर्वाधिक गोलकर्ता घोषित गरी पुरस्कृत गरिने उनले बताए।

प्रतियोगितामा सहभागी हुने टिमलाई २५ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। त्यस्तै खेलको अवलोकन गर्न आउने दर्शकको लागि प्रथम चरणमा रु. एक सय, दोस्रो चरणमा दुई सय र सबै खेलको एकमुष्ठ रु. एक हजार टिकट शुल्क तोकिएको छ। 
सिद्धार्थनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेतनशील लम्सालको स्वागत तथा वरिष्ठ अधिकृत गणेशबहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

सुरुको अवस्थामा अञ्चलपुर युवा क्लबबाट सञ्चालित हुँदै आएको र विसं २०४२ साल पश्चात सिद्धार्थनगर नगर पञ्चायतको पहलमा सोही कपलाई स्तरवृद्धि गरी महात्मा बुद्ध गोल्डकपको रुपमा सञ्चालन हुँदै आएको थियो।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १३:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
साफ यु-१९ महिला च्याम्पियनसिप : उद्धाटन खेलमा आज नेपाल र भारत भिड्दै शनिबार, माघ १७, २०८२
सिन्दूर, टुथपेस्ट र गाजलमा लिडको अधिक मात्रा भेटियो, जनस्वास्थ्यमा गम्भीर असर शनिबार, माघ १७, २०८२
यस्तो छ आजका लागि फलफूल र तरकारीको थोक मूल्य शनिबार, माघ १७, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर शनिबार, माघ १७, २०८२
आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाले दियो जवाफ शुक्रबार, माघ १६, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा शुक्रबार, माघ १६, २०८२
बालेनको प्रचारमा गएका पत्रकार सिटौला अचानक ढलेपछि सेनाको जहाजमा काठमाडौं ल्याइँदै शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्