एजेन्सी- श्रीलंकाविरुद्धको एकदिवसीय खेलमा स्लो ओभर बलिङ गरेको भन्दै अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले वेष्ट इण्डिज क्रिकेट बोर्डलाई जरिवाना गरेको छ।
वेष्ट इण्डिजले कोलोम्बोमा शनिबार श्रीलंकाविरुद्धको खेलमा स्लो ओभर बलिङ गरेको थियाे। वेष्ट इण्डिजका कप्तान किरण पोलार्डले खेलमा स्लो ओभर बलिङ गरेको स्वीकार गरेका छन्।
आइसिसीले वेष्ट इण्डिजलाई ४० प्रतिशत म्याच फि जरिवाना गरिएको जनाएको छ। वेष्ट इण्डिजले स्लो ओभर रेट गरेको कारण जनाउँदै म्याच रेफ्री जाभागल श्रीनाथले कारवाहीको लागि पत्र तयार गरेका थिए।
खेलमा वेष्ट इण्डिज श्रीलंकासँग १ विकेटले पराजित भएको थियो । जितसँगै श्रीलंकाले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।