काठमाडौंं- क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले ‘एनसिसिएस-सिप्यान क्रिकेट अवार्ड’ चैत २१ गते गर्ने भएको छ।
सिप्यानले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभिन्न पाँच विधामा अवार्ड प्रदान गर्न लागेको जानकारी दिएको हो।
सिप्यानले वर्ष क्रिकेट खेलाडी पुरुष र महिला, वर्ष उदयीमान खेलाडी, वर्षको उत्कृष्ट क्षण अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्नेछ। वर्ष क्रिकेट खेलाडी पुरुष र महिलाले अवार्डसँगै समान एक लाख ३२ हजार रुपैयाँ पाउने छन्।
त्यस्तै, अन्य तीन विधाका विजेताले जनही ६६ हजार रुपैयाँ प्राप्त गर्ने छन्। अवार्डका लागि खेलाडी छनोट गर्न प्राविधिक समिति तय गरिने सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले बताए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।