काठमाडौं- तेस्रो बाग्मती गोल्डकप फुटबलको उपाधि जावलाखेल युथ क्लबले जितेको छ।
आइतबार मकवानपुरमा भएको बाग्मती गोल्डकपको फाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै जावलाखेलले उपाधि जितेको हो। जावलाखेललाई उपाधि दिलाउन ड्याडी जुनियरले गोल गरे।
पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको हिमालयन शेर्पाले दोस्रो हाफमा गोल खाँदै उपविजेता मै चित्त बुझाउन पुग्यो। खेलको ४९औं मिनेटमा हिमालयन शेर्पाका छिरिङ लामाको गल्तिको फाइदा उठाउँदै ड्याडी जुनियरले गोल गरे। उनको गोलमा जावलाखेल १–० गोलअन्तरले अघि रहेको थियो।
आफ्नो अग्रतालाई कायमै राख्दै जावलाखेलले उपाधि जितेको हो। बाग्मती गोल्डकप विजेता जावलाखेलले ट्रफिसँगै ६ लाख नगद पाएको छ। त्यस्तै, उपविजेता बनेको हिमालयन शेर्पाले भने ४ लाख नगद पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।