काठमाडौं- चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन्।
१३औं गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगिताको समूह ए मा भएको खेलमा एपिएफले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ। उद्घाटन खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–२ को कठिन जित निकालेको हो।
एपिएफले आर्मीमाथि २१–२५, २५–१७, १९–२५, २५–९ र १५–१० ले नतिजा आफ्नो पक्षमा पारेको हो। पराजित भएपनि आर्मी समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। अर्को खेलमा पुलिसले न्यु डायमण्डलाई २५–२२, २५–२१ र २५–१७ को सोझो सेटमा हराउदै समूह बि को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ। न्यु डायमण्डले पहिलो खेलमा भने आयोजक दिदिबहिनीमाथी २५–३, २५–२ र २५–६ ले पराजित गरेको थियो।
प्रतियोगिताको विजेताले दुई लाख नगद पाउने छ। त्यस्तै, उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार नगद पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।