काठमाडौं- सहिद स्मारक बि डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार बि डिभिजन लिगको खेल तालिका सार्वजनिक गरेको हो। चैत्र तेस्रो सातासम्म चल्ने लिगको उद्घाटन खेलमा ब्वाइज युनियनले श्री कुमारी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
बि डिभिजन लिगमा ब्वाइज युनियन, श्री भगवती क्लब, टुसाल क्बल, खुमालटार युथ क्लब, नयाँवस्ती युवा क्लब, झम्सीखेल युथ क्लब, रानीपोखरी कर्नर टिम (आरसिटी), सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्ट्स क्लब, बाँसबारी क्लब र श्री कुमारी कलब रहेका छन्।
फागुन ११ गते उद्घाटन हुने लिगको पहिलो खेलमा ब्वाइज युनियनले श्री कुमारी क्लबको सामना गर्नेछ। त्यस्तै, ११ गते नै हुने दोस्रो खेलमा श्री भवगती क्लबले बाँसबारी क्लबसँग खेल्नेछ।
सिंगल राउण्ड रोविनमा हुने बि डिभिजन लिगको समापन चैत्त २३ गते हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।