काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडसँग चेल्सी पराजित भएको छ।
सोमबार राति भएको खेलमा घरेलु टोली चेल्सी युनाइटेडसँग २–० गोलले पराजित भएको हो। युनाइटेडको जितमा एन्थोनी मार्सियल र ह्यारी म्यागुएरले गोल गरे।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा थप एक गोल गर्दै जित हात पारेको हो। खेलको ४५औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। खेलको ६६औं मिनेटमा ह्यारीले गोल गर्दै युनाइटेडलाई २–० गोलको जित दिलाएका हुन्।
जितसँगै युनाइटेडले २६ खेलबाट ३८ अंक बनाउँदै सातौं स्थानमा उक्लिएको छ। पराजित चेल्सीको २६ खेलबाट ४१ अंक छ। लिगको शीर्ष स्थानमा लिभरपुल छ। उसको २६ खेलबाट ७६ अंक हुँदा लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २५ खेलबाट ५१ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।