काठमाडौं- वेष्ट इन्डिजका क्रिकेटर केस्रिक विलियम्सले क्रिस गेलसँगै एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट पोखरा राइनोजबाट खेल्ने भएका छन्।
पोखरा राइनोजले विलियम्सलाई अनुबन्धित गरेको जानकारी दिएको हो। योसँगै वेष्ट इन्डिजका स्टार दुई खेलाडीले इपिएल खेल्ने भएका हुन्।
३० वर्षीय विलियम्स तिब्र गतिका बलर हुन्। उनले ८ एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट खेल्दै ९ विकेट लिएका छन्। त्यस्तै, २५ टि–२० क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ४१ विकेट लिएका छन्। यसअघि पोखराले गेललाई ‘आइकनिक’ खेलाडीका रुपमा अनुबन्ध गरेको थियो।
इपिएल आउँदो चैत १ गतेदेखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुँदैछ।
पोखरा राइनोजबाट खेल्ने यी हुन् नेपाली खेलाडी
बिनोद भण्डारी, सुनिल धमला, किशोर महतो, सुशन भारी, बिक्रम शोब, विपिन कार्की, नन्दन यादव, लोकेश बहादुर बम, देव शाह, ऋत गौतम, विपिन रावल, पृथु बास्कोटा र विवेक कुमार यादव।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।