• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

ए डिभिजन लिगको उपाधि मछिन्द्रलाई, को को बने विधागत उत्कृष्ट? 

64x64
नेपाल लाइभ शनिबार, फागुन ३, २०७६  १९:०७
1140x725

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि पहिलो पटक मछिन्द्र क्लबले जितेको छ।

दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा मनाङलाई १–० गोलले पराजित गर्दै मछिन्द्र क्लबले पहिलो पटक लिगको उपाधि चुमेको हो। विजेता बनेको मछिन्द्रले ट्रफिसँगै ५० लाख नगद जितेको छ। यता, उपविजेतामा चित्त बुझाएको आर्मीले ३५ लाख पाएको छ।

तेस्रो स्थान हाशिल गर्न सफल मनाङ मस्र्याङ्दी क्लबले २५ लाख नगद पाउँदा चौथो टिम बनेको थ्रीस्टारले १५ लाख र पाँचौ हुन सफल पुलिस क्लबले ७ लाख नगद पाएको छ।

लिगको विधागत उत्कृष्ट गोलकिपरमा मनाङका दीप कार्की भए। त्यस्तै, उत्कृष्ट डिफेन्डरमा थ्रीस्टारका अनन्त तामाङ, उत्कृष्ट मिडफिल्डरमा मछिन्द्र क्लबका विशाल राई र उत्कृष्ट फरवार्ड आर्मीका कप्तान भरत खवास भए। त्यस्तै, उत्कृष्ट प्रशिक्षक मछिन्द्र क्लबका प्रवेश कटुवाल चुनिए। विधागत उत्कृष्ट हुने खेलाडीले समान एक लाख ५० हजार नगद पाए।

त्यस्तै, उत्कृष्ट युवा खेलाडीको अवार्ड न्यु रोड टिम (एनआरटी) क्लबका दर्शन गुरुङ चुनिए। उनले एक लाख नगद प्राप्त गरे।

आत्मघाती गोलको हार

मछिन्द्र क्लबसँग पराजित हुँदै उपाधि जित्ने आर्मीको लक्ष्य तुहियो। लिग जित्ने प्रवल सम्भावना रहेपनि आर्मीले सुनौलो अवसर गुमाउँदै उपविजेता मै चित्त बुझाएको हो।

nimb
nimb
Ncell 2
Ncell 2

उपाधिका लागि आर्मीले मछिन्द्र क्लबसँग बराबरी खेलेको भएपनि पुग्ने थियो। तर आफ्नै खेलाडीको आत्मघाती गोल उसका लागि महंगो सावित भयो।

खेलको ३३औं मिनेटमा आर्मीका खेलाडीले रेजिन सुब्बालाई फोउल गरेपछि मछिन्द्र क्लबले फ्रिकिक पायो। मछिन्द्रका लागि रञ्जित धिमालले प्रहार गरेको फ्रिकिक बचाउने क्रममा आर्मीका विकास तामाङले आत्मघाती गोल गर्न पुगे। योसँगै मछिन्द्र १–० गोलले अघि रहेको थियो।

विकास तामाङले क्लियर गर्न नसकेपछि बललाई बचाउने क्रममा पोलमा ठोकिएर आर्मीका गोलकिपर विकेश कुथु भने गम्भिर घाइते हुँदै मैदानबाट बाहिरिए। उनको स्थानमा बिवस चौधरीले गोल किपरको जिम्मा पाएका थिए। 

खेलको ६०औं मिनेटमा विशाल राईको पासमा देवेन्द्र तामाङले गोल गर्न सकेनन्। डिबक्सभित्र वान भर्सेस वानको अवस्थामा देवेन्द्रले प्रहार गरेको बल आर्मीका गोल किपर बिवस चौधरीले उत्कृष्ट बचाउ गरे। योसँगै मछिन्द्रले २–० गोलको अग्रता लिनबाट चुक्यो।

खेलको अतिरिक्त समयमा आर्मीले कर्नरबाट गोल गर्ने राम्रो अवसर पाएको थियो। तर बाधक विशाल राई बने। विशालले गोल लाइनबाट हेड गर्दै मछिन्द्रलाई बचाए।

मछिन्द्रले १३ खेलबाट १० खेलमा जित, २ खेलमा बराबरी र १ खेलमा हार ब्यहोर्दै ३१ अंक बनाएर लिग जितेको हो। उपविजेता आर्मीले भने १३ खेलबाट ९ खेलमा जित २ खेलमा बराबरी र २ खेलमा हार ब्यहोरेको आर्मी २९ अंक बनाएर उपविजेता बन्यो।

जितपछि मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालले यो उपलब्धि बयान गर्न नसक्ने बताए। उनले भने, ‘प्रशिक्षक भएपछि पाएको यो नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो। आर्मी बलियो टिम भएपनि हाम्रो टिम वर्कले गर्दा जित्न सफल भयौं।’

यता, आर्मीका कप्तान भरत खवास भने आफू धेरै दुःखी रहेको बताएका छन्। उनले भने, ‘मलाई लिग जिताउने जिम्मेवारी थियो। त्यो पूरा गर्न सकिन। एकदमै दुःखी छु। हाम्रो अरु खेलमा जस्तो प्रदर्शन थियो त्यो आज हुन सकेन। त्यसैले हार्न पुग्यौं।’

मनाङ मस्र्याङ्दी क्लब लिगको तेस्रो हुँदा उसले १३ खेलबाट ८ खेलमा जित, ४ खेलमा बराबरी र १ खेलमा हारसहित २८ अंक जोड्यो। लिगको चौथो स्थानमा भने थ्रीस्टार रह्यो। उसले १३ खेलबाट ८ खेमा जित, २ खेलमा बराबरी र ३ खेलमा हार ब्यहोर्दै २६ अंक बनायो। यता, पुलिसले भने १३ खेलबाट २० अंक बनायो।

ए डिभिजन लिगबाट सरस्वती युथ क्लब भने रेलिगेसन हुँदै बि डिभिजनमा घटुवा भएको छ। उसले १३ खेलबाट १ खेलमा जित, १ खेलमा बराबरी र ११ खेलमा हारसहित ४ अंक बनाउन सफल भयो।

प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  १९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘सरकारले न्यायालयलाई आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजिरहेको छ’ : शंकर पोखरेल
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
त्रिविसहित आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुनचाँदीको मूल्य बढ्यो शुक्रबार, वैशाख २५, २०८३
‘सरकारले न्यायालयलाई आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजिरहेको छ’ : शंकर पोखरेल शुक्रबार, वैशाख २५, २०८३
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान शुक्रबार, वैशाख २५, २०८३
त्रिविसहित आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान शुक्रबार, वैशाख २५, २०८३
आज तीन संसदीय समितिको बैठक बस्दै शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
कीर्तिपुर घटना : अभद्र व्यवहार मुद्दाबाट छुटेका युवक खुकुरी प्रहारमा संलग्न, ३ जना नियन्त्रणमा बिहीबार, वैशाख २४, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्