एपिएफले १२औं स्थानमा लिग टुंग्यायो

नेपाल लाइभ | २०७६ फागुन १ बिहीबार | Thursday, February 13, 2020 १५:२०:०० मा प्रकाशित

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम एपिएफ क्लबले १२औं स्थानमा लिग सकाएको छ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग १–१ गोलको बराबरी खेल्दै १२औं स्थानमा लिग सकाएको हो। 

खेलेको ४४औं मिनेटमा आशिष लामाले गोल गर्दै एपिएफलाई पहिलो हाफसम्म १–० गोलको अग्रता दिलाए। पहिलो हाफमा लिगको अग्रता दोस्रो हाफमा जोगाउन नसक्दा बिबिसीमाथि एपिएफले जित निकाल्न सकेन।

खेलको अतिरिक्त समयमा बिबिसीका लागि विजय गुरुङले गोल गर्दै हारबाट जोगाए।

१३ खेल खेल्दै एपिएफले २ खेलमा जित, ३ खेलमा बराबरी र ८ खेलमा हार ब्यहोर्दै ९ अंक बनाएर १२औं स्थानमा लिग सकाएको छ। १३औं स्थानमा रहेको बिबिसीको पनि समान खेलबाट २ खेलमा जित, ३ खेलमा बराबरी र ८ खेलमा हार ब्यहोर्दै ९ अंक नै छ। तर गोलअन्तरको आधारमा एपिएफ भन्दा बिबिसी पछि परेको हो।